
१५ मंसिर, खाँदबारी । संखुवासभाको मकालु गाउँपालिका अध्यक्षका लागि भएको उपचुनावमा नेकपाले सुरुवाती अग्रता लिएको छ ।
मतगणनाको पछिल्लो विवरण अनुसार नेकपाका उम्मेदवार तेजबहादुर पोखरेल १९०६ मतका साथ अगाडि छन् ।
उनलाई नेपाली कांग्रेसका विमन पराजुलीले १४५६ मतले पछ्याइरहेका छन् । दुई उम्मेदवारबीचको मतान्तर शुरुको भन्दा फराकिलो हुँदै गएको छ ।
मकालु गाउँपालिकाको अध्यक्षमा यसअघि नेकपा एमालेका खड्ग कटुवालले जितेका थिए । कटुवालको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4