Comments Add Comment

जापानपछि अमेरिकामा अनमोललाई अवार्ड

केही दिन अगाडि जापानमा आयोजित ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’मा नायक अनमोल केसीले ‘पपुलर एक्टर’को अवार्ड जितेका थिए । त्यसको केही दिनपछि उनले अमेरिकामा अर्को अवार्ड जितेका छन् । अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा नायक केसीले ‘स्टार अफ दि इयर’को अवार्ड जितेका हुन् ।

नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरुको उपस्थितीमा यो अवार्ड आयोजना भएको थियो । अवार्डमा सहभागी हुन नायक राजेश हमाल, भूवन केसी, अनमोल केसी, नायिकाहरु नम्रता श्रेष्ठ, वर्षा राउत, स्वेता खड्का, दीपिका प्रसाई लगायत अमेरिकामा पुगेका छन् ।

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हरेक बर्ष अमेरिकामा आयोजना हुँदै आएको छ । नेपाली चलचित्रका नाममा आयोजना हुने अवार्डको पछिल्लो समयमा क्रेज खस्कदै गएको छ ।

यस्तो अवस्थामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ले कत्तीको महत्वपूर्ण अर्थ राख्छ, यो भने हेर्न बाँकी छ । तर, यो अवार्डमा सहभागी हुन अमेरिका पुगेका अधिकांश कलाकारले अवार्ड भने जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment