+
+
Shares

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाका पोखरेल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १६:२१

१५ मंसिर, खाँदबारी । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतका अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी हुँदा कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका समाजवादी पार्टीका नुर्वु शेर्पाले २९८ मत प्राप्त गरेका छन् ।

मकालु गाउँपालिकामा यसअघि पनि नेकपा एमालेले जितेको थियो । अध्यक्ष खड्ग कटुवालको सडक दुर्घटनामा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?