Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम क्षेत्रको भ्रमणमा 

१५ मंसिर, बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम क्षेत्रको भ्रमणमा निस्किएका छन् । उनी आइतबार बेलुका भैरहवा आइपुगेका हुन् ।

प्रदेश नम्बर ५ मा रहेका बिभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्ने र राजनैतिक ब्यक्तित्व तथा सर्वसाधारणसँग भेटघाट गर्ने उद्देश्यसहित पूर्व राजा शाह पश्चिम क्षेत्रको भ्रमणमा निस्किएको जनाइएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजाका समर्थकहरुको भिड लागेको थियो । “राजा समर्थकहरुले देश बनाउन राजाको खाँचो छ”, “राजा आउ देश बचाउ”, “हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ” लगायतको नारा लगाउँदै विमानस्थलमा उनको भब्य स्वागत गरे ।
विमास्थलबाट निस्किएका पूर्व राजाको हिँड्ने बाटाको दायाँ बायाँ रहेका स्थानीयले पनि फूलमालाले उनलाई स्वागत गरे । उनले केहीबेर चोकचोकमा जम्मा भएका आफ्ना समर्थकलाई भेट पनि गरेका थिए ।

ज्ञानेन्द शाहको आइतबार तिलोत्तमामा रहेको पाँच तारे होटल टाईगर रिसोर्टमा बस्नेछन् । एक साता लामो भ्रमणका लागि उनी प्रदेश ५ मा आएको पूर्वराजाको सचिवालय तथा यस क्षेत्रका भ्रमण कार्यक्रमका संयोजक शक्ति प्रसाद सापकोटले बताए ।

यस क्रममा पूर्वराजाले १६ गते सैनामैनामा रहेको पर्रोहा बोलबम धामको भ्रमण गर्नेछन् भने १७ गते मर्चवारमा रहेको मर्चवारी देवीको दर्शन गर्ने उनको सचिवालयले जानकारी दिएको छ । १८ गते बसेको होटलमै बिभिन्न ब्यक्तित्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै १९ गते पाल्पाको भगवती मन्दिर र २० गते २० गते कपिलवस्तुको गोरुसिंगेस्थित पशुपति केन्द्रमा जाने कार्यक्रम रहेको छ ।

अन्तिम भ्रमण नवलपरासीको पाल्ही भगवती को दर्शन गरी आइतबार काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment