+
+

ब्याडमिन्टनमा पाकिस्तानको जित सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १९:२५

१५ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनको महिला टिम इभेन्टमा पाकिस्तान विजयी भएको छ ।

पोखरास्थित ब्याडमिन्टन कोर्टमा भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पाकिस्तानकी महुर सहजादले माल्दिभ्सकी अमिनाथ नबिहा हअब्दुल राज्जाकलाई पहिलो सेटमा २१–१९ र दोस्रो सेटमा २१–१४ अंकले पराजित गरेकी हुन् । पाकिस्तानकै पलवासा बासिरले माल्दिभ्सकी नीला अहमिदसँग पहिलो सेटमा १६–२१ अंकमा हार व्यहोरेकी थिइन् ।

तर, दोस्रो र तेस्रो खेलमा आफूलाई सुधार गर्दै बासिरले जित आफ्नो पोल्टामा पारिन् । उनले दोस्रो सेटमा दोस्रो सेटमा २३–२१ र तेस्रो सेटमा २१–१७ अंक अहमिदमाथि जित निकालिन् ।

त्यस्तै पाकिस्तानकै गाज्जिला सिद्धिकीले माल्दिभ्सकी फतिमाथ नबाहा अब्दुल राजाकलाई पराजित गरिन् । उनले नबाहालाई पहिलो सेटमा २१–१५ र दोस्रो सेटमा पनि सोही अंक २१–१५ मा रोक्दै सहज जित निकालिन् ।

आइतबार नै भएको बंगलादेश र पाकिस्तानबीच भएको ब्याडमिन्टन खेलमा पुरुष टिम इभेन्ट खेलमा पाकिस्तानले ३–० को सहज जित निकालेको छ । पोखरास्थित ब्याडमिन्ट कोर्ट नम्बर २ मा भएको खेलमा पाकिस्तानका अविस जाहिदले बंगलादेशका सलमान खान मोहम्मदमाथि जित निकाले । उनले जाहिदले पहिलो सेटमा सलमानलाई २१–१८ र दोस्रो सेटमा २१–१४ मै रोक्न सफल भए ।

पाकिस्तानका खेलाडी अली मुरादले बंगलादेशका खेलाडी गौरव सिंघालाई पराजित गरे । उनले सिंघामाथि पहिलो सेटमा २१–११ र दोस्रो सेटमा २२–२० को अंकसहित जित आफ्नो पोल्टामा दर्ता गरेका हुन् ।

त्यस्तै पाकिस्तानका मोहम्मद मकिट टहिरले बंगलादेशका खेलाडी सायद सकर सिबगाट उल्लाहमाथि पहिलो सेट र दोस्रो सेटमा सम्मान अंक २१–१७ सहित सहज जित निकाले ।

रंगशालामा आइतबार बिहान भएको उद्घाटन खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले पुरुष टिम इभेन्टतर्फ भुटान र महिला टिम इभेन्टतर्फ बंगलादेशलाई जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment