Comments Add Comment

बाग्लुङमा जनमोर्चाको अग्रता कायमै

१५ मंसिर, काठमाडौं । प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङ-२ (ख)मा राष्ट्रिय जनमोर्चाका खिमबहादुर शाहीले अग्रता कायमै राखेका छन् । आइतबार राति ७:४५ बजेसम्मको मतगणनामा शाहीले ५ हजार ५६ मत ल्याएका छन् । शाहीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समर्थन छ ।

कांग्रेसका जितबहादुर शेरचनको ३ हजार ७५६ मत पुगेको छ । यो परिणाम ९ हजार २३८ मत गणना हुँदासम्मको हो ।

२०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी भएका थिए । त्यतिबेला काँग्रेसका जितबहादुर शेरचनको ८ हजार ६२४ भोट थियो ।

सत्तारुढ समाजवादी पार्टीका अशोक विकको १५४, राप्रपा (संयुक्त)का निमबहादुर भण्डारीले १८, राष्ट्रिय जनमुक्ति पार्टी यामबहादुर आलेले ११, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राईले ४ मत, मंगोल नेसनल अर्गनाईजेसनका मित्रबहादुर मगरले २ र राप्रपाका गणेशबहादुर कुँवरले १  मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीको १७ मत छ ।

अर्का स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ५८ मत पाएका छन् । नेकपाका स्थानीय नेता घर्तीले जनमोर्चाकै शाहीलाई समर्थन गरेका थिए ।

सहमति अन्तिम समयमा भएकाले उनको उम्मेदवारी फिर्ता भएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment