+
+
Shares

साफाद्वारा सिटिजन्स बैंक पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १९:१९

१५ मंसिर, काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट (साफा)द्वारा मंसिर १४ गते बंगलादेशको ढाकामा आयोजित एक समारोहमा पुरस्कृत गरिएको छ ।

बैंकलाई साफा वेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड एण्ड सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजरस २०१८बाट पुरस्कृत गरिएको हो ।

प्राइभेट सेक्टर बैंक विधामा बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ । सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ ।

साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशन, तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो ।

साफाद्वारा बैंक लगातार तिन वर्ष देखि पुरस्कृत हुदै आएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?