Comments Add Comment

२ हजार सवारीचालकलाई महानगरले प्रशिक्षण दिने

फाइल फोटो ।

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले २ हजारभन्दा बढी सवारी चालकहरुलाई सचेतनामूलक तालिम दिने भएको छ । महानगरका सहरी व्यवस्थापन प्रमुख हरीबहादुर कुँवरले सवारी चालकहरुको व्यवहारमा सुधार गर्न प्रशिक्षण दिने भइरहेको जानकारी दिए ।

काठमाडौंभित्रको ट्राफिक व्यवस्थापन सुरक्षित र मर्यादित बनाउने महानगरको याजना अनुरुप प्रशिक्षण आयोजना गर्न लागिएको कुँवरले बताए ।

‘यात्रुसँग मिठासपूर्ण व्यवहार गर्दा यात्रा रमाइलो हुन्छ, यो कुरा बुझेर पनि चालकहरुले लागू गरेका छैनन्’ उनले भने, ‘अझ धेरै दुर्घटनाको कारण चालक पनि हुने गरेका छन् । कहाँ रोक्ने, कसरी यात्रु ओराल्ने भन्ने कुरा व्यवहारमा लागु गराउनका लागि पनि हामीले प्रशिक्षण दिन लागेका हौं ।’

कुँवरले प्रशिक्षणमा सहभागी गराउनका लागि काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न यातायात व्यवसायी संघहरुलाई पत्राचार गरिएको जानकारी दिए । संघहरुले सहभागी गराउनका लागि चालकहरुको नामावली पठाएपछि महानगरले तालिमको आयोजना गर्ने छ ।

सचेतना मूलक तालिमपछि यात्रु र चालकबीचको सम्बन्ध सुमधुर हुनुका साथै दुर्घटना समेत न्युनिकरण हुने महानगरको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment