+
+
Shares

परासीमा सनराइज बैंकको शाखा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १९:३७

१५ मंसिर, काठमाडौं ।  सनराइज बैंकले नवलपरासीस्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्रकुमार गुप्ता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरे । उक्त कार्यक्रममा जनकशर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्फत लगानी गर्न आग्रह गरे ।

सोहीदिन आयोजित सुरुङ्गा शाखाकार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालिकाको मेयर राजेन्द्रकुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदाशर्मा पुडासैनीले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरे । उत्तम कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी लगायत अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?