Comments Add Comment

रूपन्देही, भक्तपुर र मकवानपुरमा सवारी दुर्घटना, ३ को मृत्यु, ७ घाइते

१६ मंसिर, काठमाडौं । रूपन्देही, भक्तपुर र मकवानपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

पूर्वपपश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा सडकमै रोकिराखेको भे १ ब १४४८ नम्बरको ट्रिपरमा ना ४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सैनामैना–६ बस्ने २९ वषीय नवीन कँडेल र सोही ठाउँ बस्ने वर्ष ३१ का दीपक पन्थ रहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटना आइतबार राति करिब १० बजे भएको हो ।

यसैगरी, भक्तपुर नगरपालिका १ सृजनानगरमा ट्रिपरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति ८ः२० बजेको समयमा बा ३ ख २५३१ नम्बरको ट्रिपरले सर्भिस लाइनमा ठक्कर दिँदा उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर वि.क.को मृत्यु भएको हो ।

उनको इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति ९ बजेतिर मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

विकलाई ठक्कर दिएर भागेको ट्रिपर र त्यसका चालक सिद्धिमान तामाङलाई प्रहरीले सोमबार बिहान महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

यसैगरी हेटौंडा–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको देउरालीमा टाटा सुमो गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेकोे ना १ ज २८९९ करिब ४५ मिटर तल खसेको थियो । घाइते सबैलाई दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment