Comments Add Comment

‘चपली हाइट ३’मा अर्पणको इन्ट्री, यस्तो छ गेटअप

यतिबेला चलचित्र ‘चपली हाइट ३’को धमाधम छायांकन चलिरहेको छ । थ्रीलर कथामा निर्माण भैरहेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरिरहेका छन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।

यसैविच, यो चलचित्रमा नायक अर्पण थापाको इन्ट्री भएको छ । निर्माता अर्जुन कुमारले अर्पणको लुक्स सार्वजनिक गरेका छन् । अर्पणको भूमिका हेर्दा उनी चलचित्रमा खलपात्रको भूमिकामा देखिन लागेको अड्कल लगाउन सकिन्छ ।

नायक अर्पण थापाको प्रवेशसँगै चलचित्रको टिम झनै बलियो बनेको छ । यो चलचित्र चैत्रको २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment