+
+
Shares

गुगलका सीईओभन्दा मुकेस अम्बानी धनी, यी हुन् टपटेन धनाढ्यहरू

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १२:०३

भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेस अम्बानी विश्वको नवौं सर्वाधिक धनी व्यक्ति बनेका छन् । कुल ६० अर्ब अमेरिकी डलर सम्पत्तिसहित अम्बानी फोब्र्सले सार्वजनिक गर्ने द रियल टाइम बिलियनर्स सूचीमा नवौं स्थानमा उक्लिएका हुन् । उक्त सूचीमा अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस पहिलो स्थानमा रहेका छन् ।

फोब्र्सले सार्वजनिक गर्ने रियल टाइम अर्बपति सूचीले विश्वका धनी व्यक्तिहरूको सम्पत्तिमा आउने दैनिक उतारचढावको हिसाब गर्दछ । जसअनुसार, गत बिहीबार रिलायन्स कम्पनीको शेयरमा उछाल आएसँगै अम्बानी विश्वका टपटेन धनाढ्यको सूचीमा भित्रिन सफल भएका हुन् ।

शेयर मूल्यमा बढोत्तरीसँगै रियालयन्स कम्पनी १० लाख करोड भारु मूल्यको पहिलो भारतीय कम्पनी बन्न सफल भएको छ ।

ऊर्जादेखि टेक्स्टाइल, प्राकृतिक संसाधन र टेलिकमलगायतका व्यवसायमा संलग्न रिलायन्स कम्पनीका मालिक अम्बानी नवौं स्थानमा रहँदा १ खर्ब १३ अर्ब डलर कूल सम्पत्तिसहित जेफ बेजोस अर्बपतिको सूचीमा पहिलो स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन् । उनको सम्पत्ति १ खर्ब ७ अर्ब ४० करोड डलर रहेको छ । त्यस्तैLVMH Moet Hennessy Louis Vuitton कम्पनीका प्रमुख तथा सीईओ बर्नार्ड आर्नोउल्ट १ खर्ब ७ अर्ब २० करोड डलरसहित तेस्राे स्थानमा छन् ।

त्यस्तै, वारेन बफेट ८६ अर्ब ९० करोड डलरसहित चौथो स्थानमा छन् भने फेसबुक सीईओ मार्क जुकरबर्ग ७४ अर्ब ९० करोड डलर सहित पाँचौ स्थानमा रहेका छन् ।

त्यस्तै जारा ब्राण्डको स्वामित्व रहेको इन्डिटेक्स कम्पनीका संस्थापक एमान्सिओ ओर्टेगा ६९ अर्ब ३० करोड डलरसहित छैटौँ स्थानमा रहँदा सफ्टवेयर कम्पनी ओरेकलका संस्थापक ल्यारी इलिसन ६९ अर्ब २० करोड डलरसहित सातौं स्थानमा छन् ।

त्यस्तै कुनैबेला नम्बर वान धनाढ्य रहेका कार्लोस स्लिम हेलु कूल ६० अर्ब ९० करोड डलर सम्पत्तिसहित आठौँ स्थानमा छन् ।

भारतीय अर्बपति मुकेस अम्बानीभन्दा गुगलको मातृ कम्पनी अल्फाबेटको सीईओ ल्यारी पेज पछाडि परेका छन् । अम्बानीको सम्पत्ति ६० अर्ब डलर छ भने पेजको सम्पत्ति ५९ अर्ब ६० करोड रहेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?