Comments Add Comment

आयशाले जितिन् स्वर्ण

१६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद -साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् ।

२९ वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले काश्य पदकमा चित्त बुझाएको छ ।

२००६ को १५ औं एसियाली खेदकुदमा कास्य जितेकी आयशाले११औं सागमा स्वर्ण जितेकी थिइन् । तर १२औं सागको फाइनलमा भारतीय खेलाडीसँग हार्न पुगिन् । तर यो पटक उनले तेक्वान्दोको फाइटसँगै पुम्सेमा भाग लिइन् ।

दुई सन्तानकी आमा आयशाले पुम्सेमा स्वर्ण जितेकी छन् । उनी अपेक्षाअनुसार खेल नभएको भन्दै रोएकी थिइन् । तर भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका खेलाडीले उनलाई भेट्टाउन सकिनन् र स्वर्ण जितेकी छन् ।

यो पनि पढ्नुहोस तालिमका बेला छोराहरु मिस गर्छु : आयशा शाक्य यो पनि पढ्नुहोस आशा, निराशा र आयशा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment