Comments Add Comment

एक हजार घुससिहत प्रहरी नायव निरीक्षक पक्राउ 

१६ मंसिर, जनकपुरधाम । टिपर चालकसँग एक हजार रुपैयाँ घुस लिने क्रममा धनुषाबाट एकजना ट्राफिक प्रहरीका नायव निरीक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रहरी नायव निरीक्षक नवीन कुमार झा रहेका छन् । उनलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट साेमबार अख्तियर दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टाेलीले घुससहित पक्राउ गरेकाे हाे ।

ढुंगा तथा गिट्टी ढुवानीमा सहज गरिदिने भन्दै झाले टिपर चालकसँग रुपैयाँ लिइरहेका थिए । झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment