Comments Add Comment

सामूहिक विवाहस्थलमा मञ्च भत्कियो, स्वयंवर कार्यक्रम स्थगित

१६ मंसीर, जनकपुरधाम  । युवा, युवतीहरु वैवाहिक पहिरण लगाएर तयार थिए । केही बेरमै उनीहरुको स्वयंवर हुने तय थियो । स्वयंवरका लागि युवकहरु मञ्चमा चढिसकेका थिए भने युवतीहरु मञ्चमा चढ्ने तरखरमा थिए । तर एक्कासी मञ्च नै भत्कियो ।

जनकपुरधाममा विश्व हिन्दू परिषद्ले आयोजना गरेको सामूहिक विवाहको स्वयंवर हुनै लाग्दा सोमबार साँझ मञ्च भत्किएको छ । मञ्च भत्किएपनि कसैलाई केही नभएको धनुषा प्रहरीले जनाएको छ ।

परिषद्ले १०८ जोडीको सामूहिक विवाहका लागि जनकपुरधाम १४ स्थित मणीमण्डपमा तयारी गरेको छ । ठूलो पण्डाल लगाउँदै स्वयंवरका लागि तयार गरिएको मञ्च भत्किएपछि स्वयंवर नै स्थगित गरिएको छ ।

आयोजकका अनुसार अब स्वयंवर नगरी सिधै विवाह कार्यक्रम अगाडि बढाइनेछ ।

१०८ जोडीको विवाह गर्ने तयारी गरिएपनि हालसम्म ३४ जोडी मात्र वैवाहिक कार्यक्रममा सहभागी भएका छन् । नेपालसहित भारतको बिभिन्न ठाउँका जोडीहरु यहाँ सामूहिक विवाहका लागि आएका छन् ।

सामूहिक विवाह हेर्नका लागि ठूलो भिड लागेको छ । भिडलाई दृष्टिगत गरी सुरक्षाकर्मी पनि व्यापक परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment