+
+

१३ औं सागमा आज : फुटबलमा भुटान र क्रिकेटमा श्रीलंकासँग भिड्दै नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते ८:५६

१७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन मंगलबार विभिन्न खेलहरू हुँदैछन् । तीन चर्चित समूह खेलहरू फुटबल क्रिकट र भलिबलका साथै नेपालले दोस्रो दिन स्वर्ण जितेको तेक्वान्दो र कराँते पनि मंगलबार हुनेछ । त्यस्तै स्वर्णको अपेक्षा गरिएका उसु र एथ्लेटिक्स पनि आजबाटै सुरु हुँदैछ ।

सन् २०१० मा ढाकामा भएको ११ औं संस्करणमा समावेश भएको क्रिकेट ९ वर्षपछि सागमा पुनरागमन भएको छ । पहिलोपटक समावेश महिला क्रिकेट सोमबारदेखि नै पोखरामा सुरु भए पनि पुरूष क्रिकेट मंगलबारदेखि हुँदैछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुने क्रिकेटको पहिलो खेलमै घरेलु टोली नेपालले श्रीलंका यू–२३ सँग प्रतिस्पर्धा गर्दैछ । पुरूष क्रिकेटमा भारत र पाकिस्तान सहभागी छैनन् भने ५ टिमले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ११ बजे सुरु हुनेछ ।

त्यस्तै, पुरूष फुटबलतर्फ त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा घरेलु टोली नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे हुनेछ ।

भुटानले सोमबार पहिलो खेलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । त्यस्तै, बंगलादेश र माल्दिभ्सबीच बेलुका ५ बजे खेल सुरु हुनेछ । महिला फुटबल पनि मंगलबारदेखि नै पोखरामा सुरु हुनेछ । नेपालले पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ ।

मंसिर ११ गतेदेखि नै सुरु भएको भलिबलमा पुरूष र महिलाको फाइनल खेल मंगलबार हुँदैछ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने फाइनलमा महिलातर्फ घरेलु टोली नेपालले दिउँसो २ बजे भारतसँग खेल्नेछ । ४ बजे हुने पुरूष फाइनलमा भारत र पाकिस्तानबीच खेल हुनेछ । नेपालको पुरूष टोली भने समूह चरणबाटै बाहिरिसकेको छ ।

महिला फुटबल प्रतियोगिता भने पोखरामा सुरु हुँदैछ । महिला फुटबल प्रतियोगिताको पहिलो दिन मंगलबार आयोजक राष्ट्र नेपालले श्रीलंकासँग भिड्दै छ । खेल बिहान पोखरा रंगशालास्थित फुटबल मैदानमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

यसैगरी, एथ्लेटिक्सका खेलहरू पनि दशरथ रंगशालाको ट्रयाकमा मंगलबारदेखि सुरु हुँदैछ ।

यसबाहेक सोमबार नेपालले ७–७ स्वर्ण जितेको कराँते र तेक्वान्दोका बाँकी खेल पनि मंगलबार हुनेछ । मंगलबार कराँतेमा ६ र तेक्वान्दोमा ४ स्वर्णको छिनोफानो हुनेछ । उसुका खेल पनि आजदेखि नै सुरु हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment