Comments Add Comment

कामुक दृष्टिको शिकार बन्दैछन् सम्बन्ध छुटेका महिलाहरु

अञ्जु डराउँदै घर फर्किइन् । उनको आँखामा बारम्बार आँशु भरिन्थ्यो । आफ्नी सानी छोरीलाई छातीमा टाँसेर उनी धेरै बेरसम्म चुपचाप बसिरहिन् । आफू र आफ्नी छोरीका लागि उनले जागिर खानुपर्ने बाध्यता थियो । तर, जहिलेदेखि उनको नयाँ हाकिम रजत शर्मा अफिस आउन थाले । अञ्जुको एक-एक दिन बडो कठिनका साथ कटिरहेको छ । त्यस्तो हुनुको प्रमुख कारण अञ्जुको सुन्दता र एकल महिला हुनु नै थियो । सुन्दर महिलाको यदि सम्बन्धबिच्छेद भएको छ भने पुरुषहरुको लालची दृष्टिले महिलालाई बाँच्न कठिन बनाउँछ । अधिकांश पुरुषहरु महिलालाई सहानुभूति र प्रेम दर्शाएर आफ्नो ओछ्यानसम्म पुर्‍याउन खोज्छन् ।

अञ्जुको हाकिमले आज उनलाई आफ्नो अंगालोमा बेरिसकेका थिए । अञ्जुले बडो कठिन तरिकाले उसलाई धक्का दिएर बाहिर निस्केकी थिइन् । एक हप्ता भित्र रजतले अञ्जुसँग धेरै पटक यस्तो व्यवहार गरिसकेका छन् ।

एक दिन रजतले अञ्जुलाई लञ्च टाइममा आफ्नो क्याबिनमा बोलाएर कफी खान दिँदै अफिसका विभिन्न कुराहरुका साथै उनको निजी जिन्दगीको बारेमा पनि धेरै कुराहरु सोधे । कुराकानीको क्रममा रजतलाई अञ्जुको तीन वर्ष अगाडि सम्बन्धबिच्छेद भएको र उनी आफ्नी ६ वर्षीय छोरीसँग एक्लै बस्ने कुराको बारेमा थाहा पाएका थिए । सम्बन्धबिच्छेद भएको र एक्लै बस्ने कुरा थाहा पाउना साथ रजतको हौसला बढेको थियो । उसले अञ्जुलाई हरेक समय घुरिरहन्थे ।

केही न केही कारण देखाएर उनी अञ्जुको सीट पछाडि धेरै बेरसम्म उभिरहन्थे । कुरा गर्दा प्रायः रजत आफ्नो हात अञ्जुको काँध अथवा कम्मरमा राख्न थालेका थिए । एक-दुई पटक अञ्जुले उनको त्यस्तो व्यवहारलाई बेवास्ता गरिदिएन । तर, रजतको आँखामा देखिएको गिद्देपनालाई उनले बुझ्न थालिन् । आज त रजतले कन्पे|mन्स रुममा अञ्जुलाई एक्लो देखेर अँगालोमा कसे । अञ्जुले रजतबाट बल्ल-बल्ल आफूलाई फुकाएर आफ्नो टेबलमा आइपुगिन् । उनी यताउता कसैले देखेकी भनेर हेर्न थालिन् ।

रजतको त्यस्तो बानी-व्यवहारले हैरान भएकी अञ्जुलाई उनको गुनासो कोसँग गर्ने भन्ने सोच्न सकिरहकी थिइनन् । अञ्जुलाई राम्रोसँग थाहा थियो । यदि उनले यो कुराको बारेमा आवाज उठाइन् भने आफ्नै बेइज्जती हुन्छ साथै आफ्नो जागिर पनि जानसक्छ । किनभने कम्पनीका लागि रजत शर्मा निकै महत्वपूर्ण थिए । रजत कम्पनीमा आएपछि कम्पनीको काम राम्रो भएको थियो । त्यस्तो अवस्थामा यदि अञ्जुले आवाज उठाइन् भने कि उनलाई सम्झाई बुझाई गरेर चुप लगाइन्थो कि भने जागिर छोड्न चाहन्छौं भने छोड भनिन्थ्यो ।

आज अञ्जुलाई बारम्बार आफ्नो श्रीमान् शरदको सम्झना आइरहेको छ । आफ्नो आमा र माइजुको कुरा मानेर जीवनमा आफूले धेरै ठूला गल्ती गरेको महसुस भइरहेको थियो । सानो कुराका लागि शरदसँग सम्बन्धबिच्छेद गर्नु उनको कति ठूलो मुर्खता थियो भन्ने कुरा आज प्रमाणित भयो । उनको आमा र माइजुले उनको वैवाहिक जीवनमा यति धेरै हस्तक्षेप नगरेको भए र अञ्जु पनि उनीहरुको कुरामा नलागेको भए हरेक दिन श्रीमान्सँग अनावश्यक मागहरु राख्ने थिइनन् र उनको वैवाहिक जीवन पनि सुरक्षित हुन्थ्यो । उनी आफ्नो जीवनमा खुशी पनि रहन्थिन् । तर, त्यो समयमा उनलाई आफ्नो आमा र माइजुको कुरा सही लाग्यो ।

अञ्जुको आमा सधैंं उनलाई आफ्नो श्रीमान्को कमाई आफ्नो हातमा राख, श्रीमान्लाई उनकी बहिनी र आमामा खर्च गर्न नदेऊ भनेर उक्साउने गर्थिन् भने माइजु आफ्नो श्रीमान्लाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ होइन भने आफ्नो सबै कमाई बहिनी र आमामा लुटाइदिन्छ र तिमी हेरेको हेरै हुनेछौ भनेर तर्साउँथिन् । आमा र माइजुको त्यस्तो कुराले अञ्जुले श्रीमानको कमाईको हरेक हरेक हिसाब माग्न थालिन् । घरबाट बाहिर निस्केर एउटा पुरुषले कति गाह्रो गरी पैसा कमाउँछ र त्यसलाई परिवारको हरेक सदस्यबीचमा बाँड्छ र उनीहरुको आवश्यकता पूरा गर्छ भन्ने कुरा नबुझी अञ्जु श्रीमान्को सबै पैसाको हिसाब माग्न थालिन् । तर, आमा र माइजुको ईसारामा नाँचिरहेकी अञ्जुलाई त्योे समयमा अरुको कुरामा लाग्यो भने त्यसको नतिजा राम्रो हुँदैन भन्ने बुद्धि थिएन ।

अञ्जु र शरदको स-साना मनमुटाब अब बिस्तारै ठूलो झगडा बन्दै गयो र एकदिन दुबै सम्बन्धबिच्छेदका लागि अदालतसम्म पुगे । शरदकी आमाले अञ्जु समक्ष त्यस्तो नगर्नका लागि हात जोडेकी थिइन् । तर, अञ्जुले त्यो बेला शरदको बहिनी र आमालाई आफ्नो दुष्मन देखेकी थिइन् । त्यसैले उनले शरदको आमाको कुरालाई वास्ता नै गरिनन् ।

शरदसँग सम्बन्धबिच्छेद गरेको तीन वर्ष भित्र नै अञ्जुलाई दाल, चामलको भाउ थाहा हुन थाल्यो । आमा र माइजुको कुरा मानेर जीवनमा कत्ति ठूलो गल्ती गरिन् भन्ने कुराको थाहा भयो । तीन वर्षको छोरीलाई च्यापेर उनी माइती आएकी थिइन् । तर, बुबाको पेन्सनमा अरु दुई जना प्राणीको बोझ थपिएपछि आमालाई अञ्जु बोझ लाग्न थाल्यो । जसले हिजोसम्म अञ्जुलाई उनको श्रीमान्को विरुद्धमा भड्काउने गर्थिन् । अञ्जुका भाइ पनि आमाको यस्तै व्यवहारका कारण आफ्नो श्रीमान् र बच्चालाई लिएर अर्को ठाउँमा बस्न थालेका थिए ।

उनले आफ्ना आमाबुबालाई आफ्नो कमाईको एक पैसा पनि पठाउँदैन थिए । शरदको कमाई कम भएकाले सम्बन्धबिच्छेद पछि अञ्जुले अंशको रुपमा शरदबाट धेरै कम पैसा पाएकी थिइन् । त्यस्तो स्थितिमा अञ्जुले आफू र आफ्नो छोरीको खर्च निकाल्नका लागि कामको लागि घर बाहिर निस्कन पर्‍यो ।

अञ्जु सुन्दर भएका कारण उनले जागिर पाउन धेरै दुःख गर्नु परेन । तर, उनको सुन्दरतासँगै सम्बन्ध्ाबिच्छेद भएकाले उनलाई गाह्रो पर्न थालेको थियो ।

उनका हाकिम अथवा पुरुष सहकर्मीलाई अञ्जु एकल महिला हो भन्ने थाहा पाउनासाथ उनीबाट यौनको चाहना राख्न खोज्थे । उनीलाई सहानुभूतिको नाटक गरेर उनीसँग नजिकिन खोज्थे । तीन वर्षभित्र अञ्जुले पाँच वटा जागिर छाडिसकेकी थिइन् ।

उनलाई माइत बस्न मन नलाग्नुका धेरै कारणहरु थिए । माइती भएको ठाउँमा धेरै आवारा केटाहरु थिए । जो विवाह अगाडि अञ्जुको सुन्दरतामा हुरुक्क हुन्थे । उनलाई जिस्काउने, उनीसँग मित्रता गाँस्नका लागि लालायित हुन्थे । अञ्जुको सम्बन्धबिच्छेदपछि उनीहरुको हौसला झन् बढेको थियो । उनीहरु अञ्जुलाई बाटो हिँड्दा दुःख दिने, अश्लील ईशारा गर्ने र सँगै जाउँ भनेर प्रस्ताव राख्ने गर्थे ।

वरपरका महिलाहरु अञ्जुलाई देख्नासाथ अर्कोतिर मुख फर्काउन थालेका थिए । टोलका मानिसहरु अञ्जुकै कुरा काट्न थालेका थिए । अञ्जु गलत भएकाले त उनलाई श्रीमान्ले छोडेको हो भन्ने जस्ता आरोपहरु पनि लगाउन थालेका थिए ।

अञ्जुको बुबा उनको अर्को विवाहका लागि चिन्तित थिए । उनी छिट्टो अञ्जुको बोझबाट छुट्कारा पाउन चाहन्थे । मन्दिरका पण्डितले धेरै कुराहरु लिएर आए । तर, अञ्जुलाई यो कुरामा कुनै रुचि थिएन । यदि आएका कुराहरु राम्रा भएको भए अञ्जु एक पटक सोच्थिन् होला । तर, सम्बन्धबिच्छेद भएकी एक छोरीको आमाका लागि राम्रो कुरा आउन गाह्रो नै थियो ।

प्रायः जसो बढी उमेरका मानिसहरुको कुरा आइरहेका थिए भने कोही-कोही त कुनै न कुनै प्रकारको अपांगताको शिकार भएका पनि थिए । अञ्जुलाई त्यस्ता पुरुषहरु देखेर घृणा हुने गथ्र्यो । तर, दाइजोको लोभ देखाएर कुमार केटासँग विवाह गराउनका लागि अञ्जुको बुबासँग त्यति धेरै पैसा पनि थिएन ।

यी सबै कुराबाट दिक्क भएर अञ्जु माइती भएको ठाउँ छोडेर अर्कै शहर आएकी थिइन् । त्यो शहरमा उनको एक जना साथी थिइन् । जसले अञ्जुलाई जागिर खोजिदिने प्रण गरेकी थिइन् । अञ्जुले एउटा प्रख्यात कुरियर कम्पनीमा जागीर पाइन् साथै कम पैसाको भाडाको कोठा पनि पाइन् । तर, त्यहाँ पनि उनका हाकिम रजत शर्माले उनीमाथि गलत दृष्टिकोण राख्न थालेका थिए ।

अञ्जुलाई अब अफिस निल्नु न ओकल्नु जस्तै भइसकेको थियो । यदि उनी रजतको व्यवहारको विरुद्ध प्रहरीमा गइन् भने अफिसको कुनै व्यक्ति पनि उनको साथ दिन तयार थिएनन् ।

आज अञ्जुलाई आफ्नो श्रीमानको धेरै सम्झना आएको छ । उसले गर्ने माया, उनीसँग आफू सुरक्षित भएको, तलब थोरै भएता पनि अञ्जुलाई कुनै किसिमको कमी नहोस् भन्ने चाहना जस्ता कुराहरु । तर, अञ्जुले ती कुराहरु बुझन सकिनन् ।

आमा र माइजुको कुरामा आफ्नो सासु र नन्दलाई दुष्मन सम्झिन् । तर उनको नन्दले कति माया गर्थिन् । अञ्जुकी छोरी जन्मँदा ६ महिनासम्म घरको कुनै काम गर्न दिदैन थिइन् । त्यस्तै सासुले पनि आफ्नी नातिनीका लागि नयाँ-नयाँ डिजाइनको लुगा र स्वेटर बुन्थिन् । तर अञ्जुले उनीहरुको माया देख्न सकिनन् । अहिले उनी पछ्चातापमा जलिरहेकी छिन् । यो जागिर पनि छोडिदिइन् भने छोरीको फिस कसरी तिर्ने, घरभाडा, घरखर्च कसरी चलाउने र नयाँ जागिर पाउन पनि त्यति सजिलो छैन ।

यस्तै कुरा सोच्दा-सोच्दै उनी रातभर निदाउन सकिनन् र बिहान उनलाई अफिस जान मन लागेन । बारम्बार हाकिमको घिनलाग्दो अनुहार आँखा वरपर आइराहृयो । यो समस्याको कुनै हल थिएन् ।

अञ्जु जस्तै आज धेरै महिलाहरु सोचविचार नगरी आजको आधुनिकताको तालमा झुम्न थालेको पाइन्छ । यी सबैलाई बढावा दिनका लागि छ टेलिभिजन च्यानलमा आउने सिरियलहरुले महत्वपूर्ण भूमिका निभाएका छन् । त्यस्तै आफन्तहरु पनि श्रीमान्-श्रीमतीको सम्बन्ध बिग्रन ठूलो भूमिका निभाउने गर्छन् । तर, सम्बन्धबिच्छेदको निर्णय लिँदा धेरै सोच विचार गर्नु अति नै आवश्यक छ ।

विशेष गरेर निम्न र मध्यमवर्गीय परिवारकी महिलाहरु, जो परिजनहरुको प्रभावमा आएर गलत निर्णय लिन्छन् । उनीहरुले भविष्यमा धेरै दुःख र धोका पाउँछन् । जुन महिलाको माइतीले उनको घरको कुरामा हस्तक्षेप गर्न थाले भने त्यस्ता महिलाको जीवन नर्क बन्न समय लाग्दैन । महिलाहरुले आफू विवाह भएर गएको घर नै अब उनको लागि वास्तविक घर हो भन्ने कुरा राम्रोसँग बुझ्नुपर्छ । त्यहाँका परिवारका सदस्यहरुलाई बुझ्नु, उनीहरुको मान-सम्मान गर्नु र उनीहरुको सेवा गर्नु उनको कर्तव्य हो । यदि उनले आफ्नो कतव्र्य पूरा गरिन् भने त्यो घरमा उनलाई माया प्रेम सम्मान र सुरक्षा सबै कुरा प्राप्त हुन्छ ।

श्रीमान्को साथ महिलाहरुलाई सुरक्षा प्राप्त हुन्छ । तर, श्रीमान् बिना उनीहरु त्यस्ता खेलौना बन्छन् । जसलाई हरेक अपरिचत व्यक्तिले खेल्न चाहन्छ । त्यसैले सम्बन्धबिच्छेद कुनै समाधान होइन । यसले केही समयका लागि स्व्ातन्त्र त महसुस गराउँछ । तर, भविष्यमा यहि कुरा महिलाहरुका लागि एउटा दाग बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment