Comments Add Comment

फिल्डिङमा चुक्दा श्रीलंकासँग हार्‍यो नेपाल

१७ मंसिर, काठमाडौं । १३औं साग अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा श्रीलंका यू-२३ सँग नेपाल ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको एक सय ७३ रनको लक्ष्य श्रीलंकाले अन्तिम ओभरमा ४ विकेट गुमाएर भेट्टायो । एक समय श्रीलंकालाई नियन्त्रणमा राख्न सफल नेपाल फिल्डिङमा चुक्दा हार्न पुर्‍यो । कप्तान ज्ञानेन्द्र मल्ल क्याच मिस हुनुलाई नेपालको खराब दिन मान्छन् । ‘आजको दिन हाम्रा लागि खराब रहृयो । अब हामीले यसबाट पाठ सिेकेका छौं र आगामी दिनमा राम्रो गर्नेछौं ।’

श्रीलंकाको जितमा शाम्मु अशानले महत्वपूर्ण ७२ रन बनाए । ४४ बलको सामना गरेका उनले ५ छक्का र ४ चौका हानेका थिए । निशान मदुस्काले ४६ र पथम निशान्काले ३० रनको योगदान दिए । मदुस्का र निसान्काले पहिलो विकेटका लागि ३ ओभरमै ३६ रनको साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट शुरुवात दिलाएका थिए ।

महंगो सावित भएका सोमपाल कामीले तेस्रो ओभरको अन्तिम बलमा निसान्कालाई विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच गराएसँगै नेपाल खेलमा फर्कियो । पाँचौ ओभरको पहिलो बलमा पवन सर्राफले कामिन्डु मेन्डिसलाई आउट गरे । मेन्डिसले १ रन मात्र बनाए । त्यसपछि सुशन भारीले छैटौं ओभरको तेस्रो बलमा ६ रन बनाएका कप्तान असालान्कालाई आउट गर्दा नेपाल श्रीलंकामाथि हावी हुने संकेत देखाएको थियो ।

तर त्यसपछि निसान्का र शाम्मु अशानले चौथो विकेटका लागि उत्कृष्ट साझेदारी गरे । निसान्का र शाम्मुले चौथो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए । निशान्का ४६ रन बनाएर आउट भए । त्यसपछि शाम्मुले अन्तिमसम्म ब्याटिङ गर्दै श्रीलंकालाई जित दिलाए ।

नेपालको लागि पवन सर्राफले २ विकेट लिएका थिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरीको उकृष्ट ब्याटिङको मदतमा २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

नेपालको सुरुवात राम्रो रहेन । नेपालको स्कोर २ रन हुँदा पारस खड्का व्यक्तिगत एक रनमा आउट भए । आरिफ शेख १९ र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए, जतिबेला नेपालको स्कोर ५१ रन थियो । उपकप्तान दीपेन्द्र सिंह ऐरीले विनोद भण्डारीसँग मिलेर नेपालको पारी उकासे ।

दुवैले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे । भण्डारी २१ रनमा आउट भए । त्यसपछि आएका पवन शर्राफसँग ६२ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । पवन १३ बलमा २२ रन बनाएर आउट भए ।

दीपेन्द्र ७२ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment