+
+

एनएमबि बैंकलाई आईएसओ प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १९:०४

१७ मंसिर, काठमाडौं । एनएमबी बैंक जर्मनीको टभ राइल्यान्ड बाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक बनेको छ । बैंकलाई यसका ग्राहकहरूको डाटा सुरक्षाका लागि तथा सरोकारावालाहरूको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)का उच्चतम मानकहरूको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको हो ।

टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्सर्ट गटफिद फरम्यानले एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई प्रमाणपत्र हस्तान्तरण गरे । १४५ वर्षअघि स्थापना भएको टभ राइल्यान्ड स्वतन्त्र निरीक्षण सेवाहरू र आईएसओ प्रमाणीकरणका लागि विश्वव्यापी अग्रणी संस्था हो ।

आईएसओ २७००१ मापदण्डले एनएमबी बैंकद्वारा सूचना प्रणालीको सुरक्षाका जोखिम पहिचान, व्यवस्थापन तथा जोखिम कम गर्ने प्रक्रियाका साथै व्यवसायका लागि कार्यप्रणाली र संरचना स्थापित गरेको प्रमाणित गरेको छ । आईएसओ/आईइसी २७००१ः२०१३ प्रमाणीकरण व्यापक रूपमा मान्यता प्राप्त तथा सूचना सुरक्षा मापदण्डहरूमा अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?