+
+
Shares

पत्रकारलाई झुक्याएर पैसा दिने सिद्धबाबाका सहयोगीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते १९:४७

१७ मंसिर, बिराटनगर, । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको आश्रममा रिपोर्टिङका लागि पुगेका पत्रकारलाई ब्रोसरभित्र लुकाएर पैसा दिने सिद्धबाबाका साहयोगीमाथि कारबाहीको माग गर्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा निवदेन दर्ता भएको छ ।

सिद्धबाबाका अनुयायी भनिने बुद्ध शाक्यले झुक्याएर दिएको तीन हजार रुपैयाँ र ब्रोसरसहित मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा अनलाइनखबरकर्मी हरि अधिकारीले निवेदन दिएका हुन् ।

सिद्धबाबाले आफ्नै अनुयायीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेपछि स्थलगत रिपोर्टिङका लागि शुक्रबार चतरा पुगेका अनलाइखबरकर्मी हरि अधिकारीलाई सिद्धबाबाका सहयोगी शाक्यले ब्रोसरभित्र लुकाई झुक्याएर तीन हजार रुपैयाँ थमाएका थिए ।

सिद्धबाबाका सहयोगीले थमाएको ब्रोसर र नगद जिप्रकाका अनुसन्धान अधिकृत सुभेस अधिकारीलाई मंगलबार हस्तान्तरण गरिएको छ ।

कसैलाई घुस दिनु अपराध भएकाले पत्रकारलाई झुक्याएर रकम उपलब्ध गराउने व्यक्तिलाई कारबाही गरी सो रकमलाई सिद्धबाबाविरुद्ध प्रमाणका रुपमा बुझ्न आग्रह गर्दै प्रहरीसमक्ष निवेदनसमेत दिइएको हो ।

बलात्कार प्रकरणमा उजुरी परेपछि प्रहरीले कृष्णदासमाथि चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । हृदयाघातका कारण सिद्धबाबा विराट नर्सिङ होममा उपचारत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?