Comments Add Comment

नेपाली भूमि मिचेको भारतविरुद्ध पोर्चुगलमा प्रदर्शन

लिजबन । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा पोर्चुगलमा पनि प्रदर्शन भएको छ । पोर्चुगलको लिजबनमा भारतीय दूतावास अगाडि ३ डिसेम्बरको दिन विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे, नेपाली जनप्रगतिशील मोर्चाका महासचिव प्रदीप अधिकारीसहित पोर्चुगलमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि तथा नेपाली समुदायको सहभागिता थियो ।

प्रदर्शनमा सहभागीहरुले भारतविरोधी नारा लगाएका थिए । उनीहरुले नेपाली भूमि समेटिएको भारतको नक्सा खारेज गर, सीमा अतिक्रमण बन्द गर, लगायतका नारा लगाएका थिए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत रहे पनि दूतावासले ज्ञापनपत्र बुझ्न नमानेपछि हुलाकमार्फत पठाउने तयारी गरिएको छ ।

प्रकाश बस्यालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment