
१८ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत मिक्स ट्रायथोलनमा नेपालले रजत पदक जितेको छ ।
पोखरा लेकसाइडमा भएको खेलमा नेपाल भारतसँग पराजित हुँदै रजत पदकमा समेटिएको हो ।
मिक्स ट्रायथोलनमा नेपालका तर्फबाट सोनी गुरुङ, दीपेश चौधरी, केशरी थापामगर र बसन्त थारुको समूहले प्रतिस्पर्धा गरेको थियो ।
खेलमा भारतले स्वर्णमा बाजी मारेको छ भने श्रीलंकाले काश्य पदक जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4