Comments Add Comment

धर्मको आडमा ठगी   

दान-दक्षिणाको आफ्नै महत्व हुन्छ । तर, आफू अनुकूल शास्त्रको व्याख्या गरेर पूजाआजाको वाहनामा आफ्नो खल्ती भर्ने काम भने सरासर ठगी हो । यसरी मानिसको भावना र विश्वाससँग खेलवाड गर्ने मात्र होइन उनीहरुलाई कंगाल समेत बनाउने धन्दा हामीकहाँ फस्टाएको छ ।

कतिपय मानिस बाबा, ज्योतिषी, पण्डितहरु बनेर मानिसहरुले पाएको दुःखहरुबाट मुक्ति दिने भन्दै आफ्नो खल्ती भर्ने काम गर्छन् ।

अल्पज्ञानी बाबाहरुको वास्तविकता

छिमेकी देश भारतका केही बाबाहरुका उदाहरण लिन सकिन्छ । राम रहिम जसले स्वयंलाई साधुसन्त भन्ने गर्थे । धर्मको नाममा ठूलो-ठूलो कुरा गर्ने र धर्मको फिल्म बनाउने यी बाबा अहिले जेलमा छन् । त्यस्तै, आशाराम पनि धेरै वर्षदेखि जेलमा परेका छन् । आजभोलि हाम्रै देशका केही बाबाहरु समेत समाचारको हेड लाइन बनेका छन् । उनीहरु अदालत धाइरहेका छन् । देख्दा तिनीहरुको जीवन सादा भोजन जस्तै हुन्छ । तर, यो सबै देखावटी हुन्छ । वास्तवमा तिनीहरु धेरै विलासी हुन्छ । तिनीहरुसँग धेरै पैसा पनि हुन्छ ।

जबर्जस्ती दान गराउँछन्

जुन पण्डित, बाबा अथवा गुरुहरुलाई मानिस भगवानको दर्जा दिन्छन्, उनीहरु नै ती मानिसहरुलाई लुट्ने प्रयास गर्छन् । त्यस्ता पण्डितहरु मन्दिरको हरेक कुनामा बसेका हुन्छन् । जसले  मन्दिर र भगवानको बारेमा भन्छन् र पैसा झार्छन् । यदि कसैले मानेनन् भने उनीहरुको खुशी जीवनको लालच दिएर पनि पैसा चढाउन लगाउँछन् ।

तर, यी सबैकुरा सुनेपछि यदि कुनै व्यक्तिले उनीहरुको कुरामा प्रतिकार गर्‍यो भने ती पण्डित र बाबाहरुले उनीहरुसँग राम्रो व्यवहार गर्दैनन् । अचानक उनीहरुको व्यवहारमा परिर्वतन देखिन थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment