Comments Add Comment

मर्जर तयारीका लागि ग्लोबल आईएमई र जनता बैंकको कारोबार आज साँझदेखि बन्द

भोलि कारोबार नहुने

१८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकको ठूला बैंकबीचको मर्जर (मर्जर) आगामी शुक्रबारदेखि शुरु हुँदैछ । आगामी शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल गाभिएर एकीकृत कारोबार शुभारम्भ गर्दैछन् ।

एकीकृत कारोबारको तयारीका लागि बुधबार साझदेखि नै दुई बैंकको कारोबार बन्द हुने भएको छ । जनता बैंकका सीईओ परशुराम कुँवरले बुधबार साँझ ६ बजेदेखि नै कारोबार बन्द हुने जानकारी दिए ।

बिहीबार भने दिनभर दुबै बैंकका सम्पूर्ण कारोबार बन्द हुनेछन् । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाले एकीकृत कारोबार शुभारम्भ गर्नेछन् । त्यसपछि भने जनता बैंकका सबै शाखाले पनि ग्लोबल आइएमई बैंकको नामबाट कारोबार सुरु गर्नेछन् ।

मर्जरपछि ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै चुक्ता पूँजी भएको बैंक बन्ने छ । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष ०७५/०७६ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेसंगै बैंकको चुक्तापूँजी ११ अर्ब ६२ करोड ५१ लाख ६ पुग्नेछ । यस्तै जनताबैंकले गत आर्थिक वर्षमा ६ प्रतिशत बोनस प्रस्तावसंगै बैंकको चुक्तापूँजी ८ अर्ब ४८ करोड ८ पुग्नेछ ।

मर्जरपछि ग्लोबल आईएमई बैंकको निक्षेपको अकार २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब हुनेछ । शाखा कार्यालय संख्या ३०० र एटीएम २ सय ५६ र २ सय ४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर रहनेछन् । बैंकका कर्मचाारी ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् भने ग्राहक २० लाख रुपैयाँ नाघ्नेछन् ।

राष्ट्र बैंकको बिग मर्जरको नीतिअनुसार अन्य वाणिज्य बैंक भने आसपमा गाभिन प्रयास गरेका छैनन् । ठूला बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई गाभ्न आँखा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment