+
+

कोशी टप्पुबाट लगिएका हात्तीको बदला प्रदेश सरकारले माग्यो गैंडा

रोयल आचार्य रोयल आचार्य
२०७६ मंसिर १८ गते १२:२२

१८ मंसिर, काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्षबाट स्थानान्तरण गरिएका हात्तीको सट्टामा प्रदेश १ सरकारले गैंडा मागेको छ । अर्ना र चराचुरुङ्गीहरुका कारण प्रख्यात कोशी टप्पु वन्यजन्तु आरक्षमा प्रदेश सरकारले पहिलोपटक गैंडा राख्न चाहेको हो ।

कोशी टप्पुमा १० वटा माउ हात्तीको दरबन्दी रहेकामा यहाँबाट ५ माउ हात्ती सौरहा लगिएको थियो । कोशी टप्पुको दरबन्दी कटाएर सौरहा लगिएपछि प्रदेश १ मा आउने पर्यटक घट्ने चिन्ता भइरहेका बेला प्रदेश सरकारले गैंडा ल्याउने तयारी गरेको हो ।

प्रदेश सरकारका उद्योग, वन तथा पर्यटन मन्त्री जगदिश कुशियतले प्रदेश १ बाट लगिएका हात्तीको सट्टा गैंडा माग गरिएको जानकारी दिए । कोशी टप्पु वन्यजन्तु आरक्ष संघीय सरकार मातहतको भए पनि प्रदेश १ को क्षेत्रमा पर्ने भएकाले प्रदेश सरकारको यसमा चासो रहेको उनको भनाइ छ ।

आरक्षले भने उदयपुरतर्फको बेलका नगरपालिका क्षेत्रमा हात्तीसार बनाएर आफ्नो दरबन्दी अनुसारका हात्ती फिर्ता ल्याउने बताउँदै आएको छ

‘हाम्रोबाट हात्ती लगिएको छ, जुन प्रदेश १ को पर्यटनका लागि आवश्यक कुरा हो । हात्ती सफारीका लागि मात्रै पनि धेरै पर्यटक आउन सक्छन्,’ मन्त्री कुशियतले भने, ‘हाम्रो हात्ती लगेपछि हामीले गैंडा चाहियो भनेका छौं, हाम्रो गैंडा पनि छैन, ल्याएपछि धेरै राम्रो हुनेछ ।’

कोशी टप्पुमा अहिले माउ र छावा गरी ७ वटा मात्र हात्ती छन् । यी हात्तीहरूका लागि कोसी टप्पुमा ३४ माउतेको दरबन्दी छ । हात्तीको दरबन्दी कटाएर सौराहा लगिएपछि स्याहारसुसार गर्ने ३४ माउतेमध्ये अधिकांश फुर्सदिला बनेका छन् ।

मन्त्री कुशियतले हात्ती फर्काउनसमेत समस्या नभएको बताए । यद्यपि, हात्तीको सट्टा गैंडा नै ल्याए पनि पर्यटन प्रवर्द्धनमा राम्रो हुने उनको धारणा छ ।

आरक्षले भने उदयपुरतर्फको बेलका नगरपालिका क्षेत्रमा हात्तीसार बनाएर आफ्नो दरबन्दी अनुसारका हात्ती फिर्ता ल्याउने बताउँदै आएको छ । अहिले भएकै हात्तीलाई आरक्षले उदयपुरका बेलका-१ क्षेत्रमा लगेर अव्यवस्थित तरिकाले राखेको छ । आरक्षको हात्तीसार भने सुनसरीतर्फ आरक्षको मुख्य कार्यालय नजिकै रहेको छ ।

सरकारले आगामी वर्ष सन् २०२० मा मनाउन लागेको भ्रमण वर्षलाई लक्षित गर्दै सार्वजनिक गरिएको सय गन्तव्यमध्येमा कोशीटप्पु वन्यजन्तु आरक्ष पर्छ ।

तर, प्रदेश १ सरकार र स्थानीय सरकारले कोसीको पर्यटन विकासमा खासै ध्यान दिएको छैन । कोशी नदीको केही भागसमेत समेटेर १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष मुलुकको सबैभन्दा सानो क्षेत्रफल भएको आरक्ष हो । आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ चराको बसोबास छ ।

वि.सं. २०३२ सालमा स्थापना भएको यस आरक्ष कोसी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ । आरक्षको अधिकांश भूभाग प्रदेश १ मै पर्छ । क्षेत्रफलका आधारमा सानो भए पनि नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा यो परिचित छ । आरक्ष सन् १९८७ मा रामसार सूचीमा सूचीकृत भएको थियो ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?