Comments Add Comment

प्रेसले सरकारलाई चलायमान बनाउनु पर्छ : प्रदेश प्रमुख प्यासी

१८ मंसिर, विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले पत्रकार राष्ट्रका मात्रै नभइ अन्तर्राष्ट्रियसमेत हुने कुरालाई ख्याल गर्दै विश्वभरमा नेपाली पत्रकारितालाई विश्वसनीय बनाउने जिम्मेवारी स्वयम् पत्रकारको हुने धारणा राखेका छन् ।

तीनै तहका सरकारलाई चलायमान, सबै राजनीतिक दललाई जनउत्तरदायी बनाउन सके मात्रै प्रेसले पाएको भूमिका स्थापित हुनेमा उनले जोडसमेत दिए ।

प्रेस काउन्सिल नेपालले आयोजना विराटनगरमा पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमलाई उद्घाटन गर्दै प्रदेश प्रमुख प्यासीले तथ्य र सत्यमा आधारित पत्रकारिता वातावरण सहज हुनुपर्नेमा जोड दिए ।

उनले राष्ट्रहित र दिगो शान्ति स्थापनाको लागि पत्रकारको भूमिका आवश्यक रहेको बताए ।

उनले संवैधानिक अधिकार अनुसार सबै तह र मर्यादासहितका निकायको भूमिकालाई पे्रसले उजागर गर्नुपर्नेमा जोड दिए ।

उनले संविधानमा उल्लेखित सबै क्षेत्रका अधिकारलाई प्रेसले सुनिश्चित गराउन आवश्यक रहेकोमा जोड दिएका छन ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आर्चायले मिडिया जनताको आवाज बन्न नसकेको भन्दै समिक्षा गर्न समय आएको बताएका छन् ।

अध्यक्ष आर्चायले प्राय ठूला मिडियाले जनताको विषय दिने भन्दापनि विज्ञापनसँग समाचार साट्ने गरेको दावी गरे ।

‘धेरै जसो ठूला मिडियामा ग्याकेट लगाएर विज्ञापन आउछनँ,’ अध्यक्ष आर्चायले भने, ‘तिनै विज्ञापन दिने व्यापारीले राज्यलाई कर छलिरहेका हुन्छन् । तर तिनका विषयका समचारले मिडियामा स्थान पाउँदैनन् ।’

अध्यक्ष आर्चायले मिडियाको भूमिका जनताको आवाज बोल्ने खालको हुनुपर्नेमा जोडसमेत दिए ।

कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशिराज दाहालले प्रेस काउन्सिलको भूमिका फेरिनुपर्ने बताए । उनले पत्रकार आचारसंहिताको अनुगमन, आमसञ्चार नीतिमा उल्लेखित प्रावधानको कार्यन्वयनमा सबैले ध्यानदिनुमा जोड दिए ।

लोकतान्त्रिक मुुलुकमा मिसन पत्रकारिताको जरुरी नरहेको बताउँदै अध्यक्ष दाहालले व्यवसायिकता भित्र आचारसंहिता जोडिने बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले संयोजन गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको बुधबार औपचारिक उद्घाटन मात्रै भएको छ ।

बिहीबार पत्रकार आचारसंहिता र आमसञ्चार नीतिका विषयमा पत्रकारहरुबीच छलफल तथा अन्तरक्रिया गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment