Comments Add Comment

भुटानविरुद्ध पारस र ज्ञानेन्द्रको अर्धशतक

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटतर्फको दोस्रो खेलमा भुटानविरुद्ध टीम नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले अर्धशतक पूरा गरेका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा पूर्व कप्तान खड्काले २८ बलमा ५७ रन जोडे । एक छक्का र नौ चौका प्रहार गरेका खड्कालाई बिके दोर्जीको बलमा जे सिंगेले क्याच आउट गरे ।

कप्तान मल्लले ३२ बलमा ६० जोडीसकेका छन् । उनले पाँच छक्का र चार चौका प्रहार गरिसकेका छन् ।

११ ओभर सकिदा नेपालले तीन दुई विकेटको क्षतिमा १३९ रन जोडेको छ ।

६ बलमा ६ रन जोडेर रोहित पौडेल आउट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment