Comments Add Comment

माल्दिभ्स ६ रनमै अलआउट, बंगलादेश २४९ रनले विजयी

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्समाथि २४९ रनको फराकिलो जित हात पारेको छ ।

शुक्रबार पोखरामा भएको खेलमा बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो । उसका निगर सुल्तानाले अविजित ११३ र फार्गाना होकले अविजित ११० रन बनाइन् ।

जवाफमा मैदान उत्रिएको माल्दिभ्सले मात्र ६ रन बनाउँदा सबै विकेट गुमायो ।

यससँगै माल्दिभ्सले टी-२० महिला क्रिकेटको खराब रेकर्डसँग बराबरी गरेको छ । १८ वजवरी २०१९ मा रुवाण्डाविरुद्ध भएको खेलमा मालीले ६ रनको न्यून स्कोर बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment