Comments Add Comment

वैदिकलाई न्यायाधीश सिफारिस गर्ने प्रस्तावमा सहमति जुटेन

१९ मंसिर, काठमाडौं । न्यायपरिषद सदस्यबाट बुधबार राजिनामा दिएका पदमप्रसाद वैदिकलाई सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गर्ने प्रस्तावमा न्याय परिषद् बैठकमा सहमति जुटेन ।

बिहीबार बसेको बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाले वैदिकलाई न्यायाधीश सिफारिस गर्ने प्रस्ताव गरेका थिए । तर कानूनमन्त्री उपेन्द्र यादव र सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले विरोध गरेका छन् ।

वैदिकले बुधबार मात्र न्याय परिषद् सदस्यबाट राजीनामा दिएको र उनलाई न्यायाधीश बनाउने तयारीप्रति नेपाल बार एशोसिएसनले विरोध गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

बिहीबारको बैठकले निर्णय गर्न नसकेपछि अर्को बैठक २५ गते बोलाइएको छ ।

सर्वोच्चको न्यायाधीश बन्ने सेटिङ मिलाएर नै वैदिकले न्याय परिषद् सदस्यबाट राजीनामा दिएका थिए । यसअघि बर एशोसिएसनबाट न्याय परिषद् सदस्य बनेका उपेन्द्रकेशरी न्यौपानेले पनि सर्वोच्चको न्यायाधीश बन्न राजीनामा दिएका थिए । तर उनी सर्वोच्चको न्यायाधीश बन्नबाट रोकिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment