Comments Add Comment

सर्वोच्चको न्यायाधीश बन्न न्यायपरिषद सदस्यबाट पदम वैदिकको राजीनामा

१९ मंसिर, काठमाडौं । न्यायपरिषदका सदस्य पदम प्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन् ।

उनलाई न्याय परिषदमा सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री प्रचण्डको पालामा २०७३ कात्तिक १९ गते न्यायपरिषद सदस्य नियुक्त गरिएको थियो ।

स्रोतका अनुसार सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि वैदिकले परिषदबाट राजीनामा दिएका हुन् ।

सर्वोच्च अदालतमा एउटा न्यायाधीश पद रिक्त छ । न्यायाधीश केदार चालिसे यही मंसिर ४ गते अवकाश भएपछि उनको ठाउँमा वैदिकलाई न्यायाधीश बनाउने गरी राजीनामा गराइएको स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बस्ने अबको परिषद बैठकले वैदिकको नाममा सिफारिस गर्ने सम्भावना छ ।

न्यायक्षेत्रका कतिपय विज्ञहरुले न्यायपरिषद सदस्य नै न्यायाधीश भएर जाने परम्पराले न्यायपरिषद प्रभावकारी हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment