+
+
Shares

उपचार अभावमा एक जना बेवारिसे बिरामीको मृत्यु

विराटनगरका दिलिपको उपचार सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते २०:१५

१९ मंसिर, विराटनगर । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री भानुभक्त ढकाल सार्वजनिक कार्यक्रममा उपचार नपाएर कोही नेपालीले मर्न नपर्ने दाबी गर्दै आएका छन् । भर्खरै जिम्मेवारी सम्हालेका ढकालले उपचार नपाएर कसैले मर्नु नपर्ने दाबी गरे पनि उनकै निर्वाचन क्षेत्रबाट उद्दार गरिएका नागरिकको उपचार अभावमा मृत्यु भएको छ ।

कोसी अञ्चल अस्पतालको इमरजेन्सी विभाग अगाडिको निकास नालामा बेवारिसे अवस्थामा बसेका अन्दाजी ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । पथरीबाट उद्दार गरी प्रहरीले अस्पतालसम्म ल्याएका ति व्यक्तिको उपचारमा अस्पतालले चासो नदिएपछि तीन दिनदेखि इमरजेन्सी वार्ड अगाडि छटपटाइरहेका थिए ।

विराटनगर महानगरपालिकाले उपचारको जिम्मा लिएपछि बुधबार साँझ उनीसहित विराटनगर अशोक चोकका दिलिप मुखियालाई अस्पताल भर्ना गरिएको थियो । तर उपचारको तयारी गर्दै गर्दा पथरीबाट ल्याइएका व्यक्तिको बुधबार राति नै मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए ।

सिकिस्त अवस्थामा रहेका उनलाई इलाका प्रहरी कार्यालय पथरीले कोसी अस्पताल ल्याएको थियो । तर आफन्त नआएको भन्दै अस्पतालले उपचारमा चासो दिएको थिएन् ।

सोमबारदेखि इमरजेन्सी अगाडि बेवारिसे अवस्थामा बसेका विराटनगर अशोक चोकका दिलिप मुखियाका आफन्तलाई बोलाएर उपचार सुरु गरिएको बुढाथोकीले जानकारी दिए । ‘दिलिपका आफन्तलाई अस्पतालमा बोलाएर उपचार सुरु गरेका छौं ।’ उनले भने ‘पथरीबाट आएका विरामीको भने राति मृत्यु भयो ।’

मृत्यु भएका पुरुष सघिय सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्रबाट उद्दार गरिएका हुन् । इलाका प्रहरी कार्यालय पथरीका इञ्चार्ज प्रहरी नायव उपरीक्षक लक्ष्मी अधिकारीका अनुसार बेवारिसे अवस्थामा भेटिएका व्यक्तिको आफन्त खोजी गरेपनि कतै भटिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?