Comments Add Comment

एथ्लेटिक्समा श्रीलंकालाई चार स्वर्ण, नेपाल पदकविहीन

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत एथ्लेटिक्सको तेस्रो दिन बिहीबार श्रीलंकाले ४ स्वर्ण जित्दा नेपाल पदकविहीन बन्यो ।

श्रीलकाले महिला ४ सय मिटर पुरुष ४ सय मिटर, महिला ट्रिपल जम्प र महिला १ सय मिटर हर्डल्समा स्वर्ण जितेको हो । पहिलो दुई दिन दबदबा कायम गरेको भारतले १ र पाकिस्तानले १ स्वर्ण जिते ।

पुरुष १ सय १० मिटर हर्डल्समा नेपालका जीवन चौधरीले निर्धारित दूरी १५.६० सकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाउनु र महिला १ सय मिटर हर्डल्समा नेपालकी प्रमिला थारुले निर्धारित दूरी १५.६० सकेडमा पार गर्दै राष्ट्रिय कीर्तिमान बनाउनु नेपालका लागि तेस्रो दिनको उपलब्धी रह्यो ।

दिनको पहिलो स्पर्धा पुरुष १ सय १० मिटर हर्डल्समा पाकिस्तानका मोहम्मद नाइमले निर्धारित दूरी १४.३० सकेन्डमा पूरा गर्दै स्वर्ण हात पार्दा भारतका सुरेन्दर हायकले १४.३७ सेकेन्डमा रन पूरा गर्दै रजत र श्रीलंकाका रोशन धानमिकाले १४.३७ सेकेण्डमा रन पूरा गर्दै कास्य जिते । सोही विधामा नेपालका चन्द्रदेव जोशीले दौड पूरा गर्न १६.३९ सकेण्ड खर्चिए ।

महिला १ सय मिटर हर्डल्समा श्रीलंकाकी लक्सिका सुगन्धले स्वर्ण जित्दा भारतकी अर्पणा रोयले रजत र श्रीलंकाकी इरिसानी साचिपले कास्य जितिन् । सुगन्धले निर्धारित दुरी पूरा गर्न १३.६८ सकेण्ड खर्चदा रोय र साचिपले क्रमशः १४.१३ र १४.१८ सेकेण्डमा रन पूरा गरे ।

महिला र पुरुष ४ सय मिटरमा पनि श्रीलंकाको दबदबा कायम रह्यो । ४ सय मिटर महिलामा श्रीलंकाकी दिनसेनी माहिसाले स्र्ण जित्दा ४ सय मिटर पुरुषमा श्रीलंकाकै अरुणा दर्शणाले स्वर्ण जिते ।

महिलातर्फ स्वर्ण जित्ने क्रमाम महिसाले सो दुरी पार गर्न ५३.४० सकेण्ड खर्चदा सो विधामा रजत र कास्य पदक जितेकी भारतकी प्रिया हब्बाथान र पाकिस्तानकी साबिह इ अर्साले निर्धारित दुरी क्रमशः ५४.३१ र ५४.५८ सकेण्डमा रन पूरा गरिन् ।

पुरुषतर्फ दर्शणाले निर्धारित दुरी ४६.६९ सकेण्डमा पूरा गर्दा रजत जितेका श्रीलंकाकै लक्मल प्रियानाथले ४६.७९ र कास्य विजेता जेदवनकारेकोपले ४७.४२ सकेण्डमा दौर पूरा गरे ।

त्यस्तै बिहीबारै भएको महिला ट्रिपल जम्पमा पनि श्रीलंकाकी हासिनी प्रादोभले १३.२१ मिटरको जम्पका साथ स्वर्ण र श्रीलंकाकी विधुसा  लक्षणले १३.१४ मिटर जम्प गर्दै रजत र भारतकी वैरभी रोयले १२.७७ मिटर जम्पगर्दै कास्य पदक जितिन् । छैठौ स्थानमा बसेकी नेपालकी सिलाचौधरीले ११.०६ मिटर जम्प गरिन् ।

यता पुरुष ट्रिपल जम्पमा भारतका रार्थिक युनिक्रीले १६.४७ मिटरको जम्पका साथ स्वर्ण र भारतकै मोहम्मद सालाहुले १६.१६ मिटर जम्प गर्दै रजत जिते । श्रीलंकाका साफरिन अहमदले १५.९५ मिटर जम्पका साथ कास्य जिते । नेपालका भुवन महतोले १३.५३ को जम्पका साथ अन्तिम स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment