Comments Add Comment

कुलमान घिसिङलाई ‘नाष्ट प्रविधि पुरस्कार’

२० मंसिर काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ ।

विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्याए वापत कार्यकारी निर्देशक घिसिङलाई ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नाष्टको ३७ औं वाषिर्कोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गरे ।

नाष्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका वैज्ञानिक प्राविधिहरुको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । नाष्टले आफ्नौ ३७ औं वाषिर्कोत्सवको अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको थियो ।

नाष्टका प्राज्ञ प्राध्यापक डाक्टर जनार्दन लामिछानको पुरस्कार मुल्याङकन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो ।

कार्यक्रममा मन्त्री पोखरेलले पुरस्कृत व्यक्तिहरुको जिम्मेवारी थपिएको उल्लेख गर्दै जनताको अपेक्षालाई पूरा गर्ने गरी क्रियाशील रहन आग्रह गरे ।

२०७३को भदौमा ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए ।

आर्थिक वर्ष -आव) २०७२/७३मा वाषिर्क ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण वित्तीय र प्रशासनीक सुधार तथा पुनर्सरचनामार्फत त्यसपछिका आवहरु २०७३/७४मा १ अर्ब ५० करोड, २०७४/७५मा २ अर्ब ९० करोड र २०७५/७६मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल भएको छ । आव २०७२/७३मा विद्युत प्रणालीमा रहेको २५.७८ प्रतिशत चुहावटलाई १०.४६ प्रतिशत विन्दुले घटाएर आव २०७५/७६मा १५.३२ प्रतिशतमा झारिएको हो ।

प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नती तथा सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

विभिन्न कारणले रुग्ण बनेका विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरु निर्माण सम्पन्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment