
२० मंसिर, पोखरा । नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला क्रिकेटको फाइनलमा पुग्न असफल भएको छ ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंका यू–२३ सँग ४१ रनले पराजित भयो । यससँगै श्रीलंका फाइनलमा पुग्दा नेपाल भने समूह चरणबाटै बाहिरियो ।
यसअघि भुटानलाई १० विकेटले हराएको बंगलादेश पनि फाइनलमा पुगिसकेको थियो ।
पोखरा क्रिकेट मैदानमा श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो । कप्तान रुविना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4