Comments Add Comment

सिद्धबाबालाई दोस्रो पटक ७ दिन म्याद थप, बयान अस्पतालमै लिइने

२० मंसिर, विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले दोस्रो पटक ७ दिनको म्याद थप गराएको छ । गत सोमबार ४ दिनको म्याद थप गरेको सुनसरी प्रहरीले जिल्ला अदालतबाट शुक्रबार सात दिनको म्याद थप गराएको हो ।

‘माइनर हर्टएट्याक’का कारण विराट नर्सिङहोममा उपचार गराइरहेका गिरीलाई शुक्रबार एम्बुलेन्समा हालेर पुर्‍याएपछि सुनसरी जिल्ला अदालतले म्याद थप गरेको हो ।

विराट नर्सिङहोममा उपचार गराइरहेका सिद्धबाबालाई सोमबार प्रहरीले आईसीयूबाटै नियन्त्रणा लिएर चार दिन म्याद थप गरेको थियो ।

शुक्रबार अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिए । अदालतमा म्याद थप पछि उनलाई विराट नर्सिङहोममा नै भर्ना गरिएको छ ।

सुनसरीको चतरा धाममा जगतगुरु श्रीरामानन्दचार्य सेवापिठ सञ्चालन गरिरहेका गिरीमाथि अनुयायी महिलाले बलात्कारको आरोप लगाएकी छन् । गत कात्तिक ४ गते आफू बलात्कृत भएको दाबी गर्दै कास्कीकी महिलाले एक महिनापछि प्रहरीमा जाहेरी दिएकी थिइन् ।

आफूविरुद्ध जाहेरी परेपछि कृष्णदास मंसिर १२ गते अस्पताल भर्ना भएका थिए । मंसिर १५ गते उनलाई पक्राउ गर्न प्रहरी विराट नर्सिङहोम पुगेको थियो । तर हृदयघात भएपछि उनलाई आईसीयूमा भर्ना गरेपछि प्रहरीले सोमबार पक्राउ गरेको थियो ।

अदालतमै बयान

मंसिर १२ गते अस्पताल भर्ना भएका गिरीलाई माइनर हर्टएट्याक भएपछि मंसिर १५ गते आईसीयूमा सारिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले ९ नम्बर डिलक्स कक्षमा सारेको छ ।

अस्पतालको डिलक्स कोठालाई हिरासत कक्ष बनाएका सिद्धबाबाको अस्पतालमै बयान लिइने सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिए । ‘अदालतले अस्पतालमै राखेर अनुसन्धान गर्ने आदेश दिएको छ ।’ उनले भने, ‘अनुसन्धानका लागि सिद्धबाबाका अनुयायीसँग बयान लिइरहेका छौं ।’ प्रहरीले कृष्णदासको सुरक्षामा खटिएका प्रहरी हवल्दारसहित अन्य सहयोगी र अनुयायीसँग बयान लिएको हो ।

विराट नर्सिङहोममा उपचार गराइरहेका सिद्धबाबाको बयानका लागि अनुसन्धान टोली अस्पताल आएको थियो । तर बिरामी भएको बताउँदै सिद्धबाबाले बयान दिन मानेका थिएनन् । पुनः म्याद थप भएपछि अस्पतालमै बयान लिने प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस कृष्णदासलाई महिलाको म्यासेजः ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुन्छ ! यो पनि पढ्नुहोस सिद्धबाबाको आश्रममा घीनलाग्दो हर्कत– ब्रोसरमा राखेर पत्रकारलाई नगद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment