+
+
Shares

सिद्धबाबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १४:२२

१६ मंसिर, बिराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, सुनसरीले गिरीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । म्याद थप गरिएपछि उनलाई उपचारका लागि भन्दै विराट नर्सिङ होमतर्फ लगिएको बताइएको छ ।

प्रहरीले उनलाई पक्राउ गर्न शुक्रबारै अनुमति प्राप्त गरे पनि आइतबार मात्रै गिरीसम्म प्रहरी पुगेको थियो । तर, विरामी भन्दै आईसीयूमा भर्ना भएपछि प्रहरी खाली हात फर्किएको थियो ।

सोमबार बिहानै ४ बजे उनलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?