Comments Add Comment

२० वर्षपछि नेपालमै तोडियो सटपुटको कीर्तिमान, चन्द्रकलाको कीर्तिमान सुधार

फाइल तस्वीर ।

२० मंसिर काठमाडौं ।  सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा भारतीय खेलाडी बहादुर सिंह सागुले सटपुटमा कीर्तिमान बनाएका थिए । उनले १९.१५ मिटर सटपुट थरो गरेका थिए ।

२० वर्षपछि नेपालमै आयोजना भएको १३ औं सागमा अर्का भारतीय खेलाडी तजिन्दर पाल सिंहले सागको कीर्तिमान नयाँ कीर्तिमान बनाए । सागुले शुक्रबार २०.०३ मिटर सटपुट थ्रो गर्दै आफनो नाममा कीर्तिमान लेखाएका हुन् ।

पुरुषतर्फ भारतकै ओमप्रकाश सिंहले १७.३१ मिटर थ्रो गर्दै रजत प्राप्त गरे । यस्तै श्रीलंकाका स्मिथ मधुशंखले १५.५५ मिटर थ्रोका साथ कास्य जिते । नेपालका टंक प्रसादले १३.०९ र  चित्रबहादुरले १२.३२ मिटर थ्रो गरे ।

महिलातर्फ भारतकी आभा खातुवाले १५.३२ मिटर थ्रोका साथ स्वर्ण जितिन् । श्रीलंकाकी थारिका कुमुदुमले १४.३५ मिटर थ्रोका साथ रजत र भारतकी कचनार चौधरीले १३.६६ मिटर थ्रोका साथ कास्य जितिन् ।

यस स्पर्धामा नेपालकी चन्द्रकला थापाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै १२.५२ मिटर थ्रो गरिन् । यसअघि उनकै नाममा  १२.४ मिटरको कीर्तिमान थियो ।

एथ्लेटिक्समा शुक्रवार पुरुष ५ हजार मिटर दौडमा गोपिचन्द्र पार्कीले नेपाललाई स्वर्ण दिलाए । एथ्लेटिक्सअन्तर्गत चौथो  ८  स्वर्णको लागि भएको स्पर्धाको नेपालले जितेको त्यो नै एक मात्र स्वर्ण हो ।  सोही स्पर्धामा भारतका सनिल दवारले रजत जित्दा नेपालकै हरिकुमार रिमालले कास्य पदक जिते । ५ हजार मिटर पुरुषमा स्वर्ण जित्ने क्रममा गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेण्डमा पूरा गरे । रजत विजेता भारतका सुनिलदबार र कास्य विजेता नेपालका हरीले निर्धारित दुरी पूरा गर्न क्रमश १४ मिनेट ५५.२१ र १४मिनेट ५८.५७ सेकेण्ड खर्चिए ।

यता महिला ५ हजार मिटरमा श्रीलंकाकी उडा कुबुरालेजले निर्धारित दुरी १६ मिनेट ५५.१८ सकेण्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतकी पारुल चौधरी र प्रिती लाम्बाले निर्धारित दुरी क्रमश १६ मिनेट ५७.४९ सेकेण्ड र १७ मिनेट ९.३२ सेकेण्डमा पूरा गर्दैै रजत र कास्य पदक जिते ।

१० हजार मिटरमा नेपाललाई स्वर्ण दिलाएकी सन्तोषी श्रेष्ठले ५ हजार मिटरमा भने चौथौ स्थानमा चित्त बुझाइन् । सन्तोषीले निर्धारित दुरी पूरा गर्न १७ मिनेट १३.६८ सकेण्ड खर्चिइन् । सोही विधामा नेपालकी विश्वरुपा बुढा मगरले भने अस्वस्थताका कारण सहभागी भैइनन् ।

शुक्रवार श्रीलंकाले महिला र पुरुष ४ गुणा सय रिले तथा महिला ५ हजार मिटर गरि तीन स्वर्ण जित्दा पाकिस्तान र भारतले समान २ स्वर्ण जिते ।

महिला ४ सय मिटर हर्डल्समा पाकिस्तानकी नजमा प्रभिनले स्वर्ण जित्दा श्रीलंकाकी कौसल्या मधुले रजत र भारतकी वीरपलकौरले कास्य जितिन् । नजमाले निर्धारित दुरी १ मिनेट ३५ मिलि सेकेण्डमा पूरा गर्दा मधु र कौरले क्रमश १ मिनेट ४० मिलि सेकेण्ड र १ मिनेट १.३८ सेकेण्डमा दौड पूरा गरे । नेपालकी कल्पाना श्रेष्ठले १ मिनेट ११.९८ सेकेण्डमा पूरा गर्दै छैटौं स्थानमा रहिन् ।

पुरुष ४ सय मिटर हर्डल्समा पाकिस्तानका मेहबुब अलीले निर्धारित दुरी ५०.७१ सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते । भारतका जाबिर मार्दी र सन्तोष कुमारले क्रमश रजत र कास्य जिते । जाबिरले ५१.४२ मिलि सेकेण्डमा दौड पूरा गर्दा सन्तोषले ५१.९८ मिलि सेकेण्ड खर्चिए । नेपालका रामप्रसाद थारुले ५४.९५ मिलि सेकेण्ड र निर प्रतापले ५५.७१ मिलिसेकेण्ड खर्चदै क्रमश छैठौं र सातौं सथानमा रहे ।

पुरुष ४ गुणा सयमा श्रीलंकाको हिमासाइसान, विनोज सुरञ्जन, चानुका सन्दिप र युपुनप्रियादर्शनको टोलीले निर्धारित दुरी ३९.१४ मिलिसेकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा भारतका हारजित सिंह, प्रणव कालापुर अमियाकुमार मल र गरविन्दर सिंहको टोलीले निर्धारित दुरी ३९.९७ मिलिसेकेण्डमा पुरा गर्दै रजत र पाकिस्तानका समीउल्लाह, उजिर रहमान, मोहम्मद साहबा र मोहम्मदनाइमको टोलीले निर्धारित दुरी ४०.७६ मिलिसेकेण्डमा पूरा गर्दै कास्य जित्यो । सो विधामा नेपालका आशिष चौधरी,आनन्द देव चौधरी,जीवन चौधरी र यम साजन सुनारको टोलीले निर्धारित दुरी ४२.७२ मिलिसेकेण्डमा पूरा गरे ।

महिला ४ गुणा सयमा श्रीलंकाकी लंक्षिणा सारंग, सन्दिपा हिरान्या,लक्षिणा सौगन्ध र तानुजी अमासाको टोलीले निर्धारित दुरी ४४.८९ मिलिसेकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा भारतकी हिमाश्री रोय, अर्चना सुसनित, चन्द्रलेखान र धनेश्वरी आसोको टोलीले निर्धारित दुरी ३५.३६ मिलिसेकेण्डमा पूरा गर्दै रजत रपाकिस्तानको साइबअर्सा, एनिलागुल्जार, नज्माप्रविन र इसा इमरानको टोलीले निर्धारित दुरी ४७.७४ मिलिसेकेण्डमा पुरा गर्दै कास्य जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment