+
+

६ वर्षीया बालिका बलात्कारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते २०:१४

२० मंसिर, वीरगञ्ज । प्रहरीले ६ वर्षीया बालिका बलात्कारको घट्नामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिका नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत बालिकाले दिएको बयानको आधारमा उनलाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई बारा प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले घटनास्थल वरपरका केही युवकको तस्वीर ल्याएर बालिकालाई देखाएको थियो । त्यही तस्वीरमध्येबाट बालिकाले बलात्कारीको रुपमा एक युवकको पहिचान गरेकी थिइन् ।

भारत बिहार घर भएकी बालिका आमाबुवासँगै गढीमाई मेला भर्न मामा घर कलैया आएकी थिइन् । मंगलबार दिउँसो २ बजेतिर कलैया–४ सुन्दर बस्ति टोलमा ‘चकलेट मिठाई दिन्छु’ भनी ललाई फकाई लगेर बालिकाको बलात्कार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले भने साँझतिर मात्रै घटनाबारे जानकारी पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?