Comments Add Comment

सागमा चम्किए चेली, नेपालले जितेको ४१ स्वर्णमध्ये २२ महिला खेलाडीको नाममा

२१ मंसिर, काठमाडौं । आजका पत्रिकाहरुमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने अधिकांश नेपाली खेलाडीहरु महिला रहेको समाचार छ । नेपाली महिला खेलाडीले स्वर्ण पदक मात्र जितेका छैनन्, नयाँ कीर्तिमान समेत कायम गरेका छन् ।

१३ औं सागमा शुक्रबारसम्म नेपालले ४१ स्वर्ण पदक जितेको छ । २२ स्वर्ण पदक महिला खेलाडीको नाममा छ । पुरुष खेलाडीले १८ स्वर्ण पदक जितेका छन् । एक स्वर्ण पदक महिला र पुरुषको संयुक्त टिमले जितेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले ‘चेलीले चम्काएको साग’ शीर्षकमा मुख्य समाचार छापेको छ । गौरिका सिंह, सञ्जु चौधरी, नीमा घर्तीमगर, सावित्रा भण्डारी, सन्तोषी श्रेष्ठ, अञ्जली चन्द, आयशा शाक्य, सोनी गुरुङ, निश्मा श्रेष्ठले त १३ औं सागमा नयाँ कीर्तिमानसमेत राखेका छन् ।

बल ब्वाई बने च्याम्पियन

कान्तिपुर दैनिकमा नेपाललाई पहिलो पटक सागमा गल्फतर्फ स्वर्ण दिलाउने सुवास तामाङको संघर्षको कथा छ । तामाङ कुनै दिन अरुले प्रहार गरेको बल टिपेर ४०-५० रुपैयाँ थाप्थे । अहिले १७ वर्षको कलिलै उमेरमा उनले नेपाललाई पहिलो पटक सागमा गल्फतर्फ स्वर्ण दिलाए, त्यो पनि दुईवटा ।

राजधानी दैनिकले सागमा ‘नेपालको चामत्कारिक प्रदर्शन’ शीर्षकको मुख्य समाचार छापेको छ ।

गोरखापत्र दैनिकले मानव बेचबिखन सञ्जाल सक्रिय भएको समाचार छापेको छ । मानव बेचबिखन तथा ओसारपसार गर्ने संगठित सञ्जालले नयाँ रुट प्रयोग गर्न थालेको र विदेशमा पुर्‍याएर अलपत्र बनाउने क्रम पनि बढेको समाचारमा उल्लेख छ ।

लोकप्रिय मतमा नेकपाभन्दा कांग्रेस थोरैमात्र पछाडि

कान्तिपुरले भित्री पृष्ठमा उपनिर्वाचनको समीक्षा गरेर समाचार छापेको छ । लोकप्रिय मतमा नेकपालाई कांग्रेसले पछ्याएको समाचारको सार हो ।

समाचारमा कान्तिपुर लेख्छ- उपनिर्वाचनमा जितेको पद संख्यामा सत्तारुढ नेकपाले कांग्रेसलाई धेरै पछाडि पारे पनि लोकप्रिय मत भने थोरै मात्र अन्तर छ । प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका रिक्त ५२ स्थानका लागि भएको उपनिर्वाचनमा नेकपा र जनमोर्चाको गठबन्धनले ३१ स्थान जित्दा कांग्रेसले १३ मात्रै जितेको छ । वाम गठबन्धनले ६० र कांग्रेसले २५ प्रतिशत स्थान जितेका हुन् । लोकप्रिय मत अन्तरमा भने कांग्रेस वाम गठबन्धनभन्दा ५ प्रतिशतले मात्रै पछाडि छ ।

सैन्य सहकार्य बढाउन अमेरिका इच्छुक 

अन्नपूर्णमा नेपालसँग सैन्य सहकार्य बढाउन अमेरिका इच्छुक रहेको समाचार पनि छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक रक्षामन्त्री रन्डाल जी स्च्रिभरले यो कुरा बताएका हुन् । अमेरिकाले जनाएको सहयोग प्रतिबद्धतामा हुनै कुञ्जुस्याइँ नगर्ने बताउँदै उनले दुई स्काई ट्रक चाँडै काठमाडौं आउने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment