+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

वाशिंगटनस्थित भारतीय दूतावासमा एनआरएनले बुझायो विरोध पत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २१ गते ७:०३

२१ मंसिर, वाशिंगटन । अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित भारतीय राजदूतावासमा नेपालको भूमि अतिक्रमणविरुद्ध विरोध पत्र पेश भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले विरोध पत्र पेश गरेको हो ।

भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएकाले विरोध पत्र पेश गरिएको एनआरएनए अमेरिकाले जनाएको छ ।

विरोधपत्र बुझाउन गैरआवासीय नेपाली संघ आईसीसी उपाध्यक्ष रबिना थापा, अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे, उपाध्यक्ष कृष्ण जीबी पन्थ, बोर्ड अफ डायरेक्टर छत्र गुरुङ, मेरिल्याण्ड च्याप्टर अध्यक्ष डोलनाथ घिमिरे एवं समाजसेवी प्रेम कुमार श्रेष्ठ भारतीय दूतावास पुगेका थिए ।

उक्त अवसरमा नेपालको सार्वभौम भूमि आफ्नै सीमाभित्र सुरक्षित गर्नका लागि सघाउन समेत सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरिएको छ । यद्यपि सीमा समस्या दुईपक्षीय कुटनीतिक संवाद मार्फत समाधान हुनुपर्नेमा एनआरएनएले जोड दिएको छ ।

एनआरएनए आईसीसीले शुरु गरेको यस अभियानलाई विश्वभर रहेका एनआरएनए एनसीसीहरुले अभियानका रुपमा अगाडि बढाउने गैरआवासीय नेपालीहरुको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?