+
+
Shares

देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो : शशांक कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. शशांक कोइरालाले शेरबहादुर देउवा नेतृत्वको समूह नै नेपाली कांग्रेसको आधिकारिक भएको बताएका छन्।
  • १५ औं महाधिवेशन तयारी समितिका संयोजक कोइरालाले आधिकारिकताबारे भ्रममा नपर्न आग्रह गरेका छन्।
  • उनले गगन थापालाई संकेत गर्दै आफूलाई सभापति घोषणा गरेर भ्रम फैलाइएको टिप्पणी गरेका छन्।

१३ मंसिर, काठमाडौं । नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाले नेतृत्व गरिरहेको समूह नै कांग्रेसको आधिकारिक भएको बताएका छन्। उक्त समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका हुन्।

आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै संयोजक डा. कोइरालाले आधिकारीकताका विषयमा कोही पनि भ्रममा नपर्न आग्रह गरे।

उनले गगन थापालाई इंगित गर्दै देश र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको टिप्पणी गरे।

‘शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस हो । यो विषयमा कुनै साथीहरूलाई पनि भ्रम नहोस्,’ उनले भने, ‘मूलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?