+
+
Shares

कांग्रेसको देउवा समूहद्वारा जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित

अष्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेता साउदले प्रवासमा रहेका नेपालीहरूको पार्टीप्रतिको योगदान र भूमिकालाई संस्थागत गर्न केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्वको व्यवस्था गरिएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १४:५९

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहका नेता एनपी साउदले १५औं महाधिवेशनमा विधान संशोधनमार्फत केन्द्रीय कार्यसमितिमा नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित गरिएको बताएका छन् ।

अष्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेता साउदले प्रवासमा रहेका नेपालीहरूको पार्टीप्रतिको योगदान र भूमिकालाई संस्थागत गर्न केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्वको व्यवस्था गरिएको बताएका हुन् ।

उनले पार्टीको आन्तरिक सुदृढीकरणसँगै विदेशमा रहेका नेपालीहरूले भोग्दै आएका समस्या समाधानमा जनसम्पर्क समितिको भूमिका महत्त्वपूर्ण हुने बताए ।

विशेषगरी कन्सुलर सेवा, नेपाली नागरिकताको निरन्तरता तथा प्रवासी नेपालीका अन्य समस्याहरूको समाधानका लागि पार्टीभित्रैबाट प्रभावकारी पहल गर्न सकिने साउदको थियो ।

नेता साउदले विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाएको उल्लेख गर्दै अब नियमित महाधिवेशनमार्फत कांग्रेसलाई थप एकताबद्ध, सशक्त र व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।

अष्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनमा विगतमा भौतिक रूपमा समेत सहभागी भएको स्मरण गर्दै उनले यसपटक भर्चुअल माध्यमबाट सम्बोधन गर्न पाउँदा खुसी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?