Comments Add Comment

१३ औं साग : म्याराथन दौड सुरु, तोडिएला बैकुण्ठको रेकर्ड ?

२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौड सुरु सुरु भएको छ । बिहान सात बजे दशरथ रंगशालाबाट दौड सुरु भएको हो ।

दौडमा पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी छन् । पुरुष र महिला दुवैमा नेपालबाट २-२ जना सहभागी छन् । पुरुषतर्फ किरणसिंह बोगटी र होमलाल श्रेष्ठ तथा महिलातर्फ पुष्पा भण्डारी र राजपुरा पछाई सहभागी छन् ।

४२ किलोमिटर दौडमा पुरुषतर्फको रेकर्ड बैकुण्ठ मानन्धरका नाममा छ । उनले सन् १९८७ को सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा ४२ किलोमिटर दुरी पूरा गरेका थिए ।

फोटो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment