+

लिभरपुल अपराजित, म्यानचेष्टर डर्बीमा युनाइटेडको शान

२०७६ मंसिर  २२ गते ७:४८ २०७६ मंसिर २२ गते ७:४८
लिभरपुल अपराजित, म्यानचेष्टर डर्बीमा युनाइटेडको शान

२२ मंसिर, काठमाडौं । लिभपुरलले यस सिजन प्रिमियर लिगमा अपराजित यात्रा कायम राख्दै शनिवार भएको खेलमा बर्नमाउथलाई ३-० ले पराजित गरेको छ । लिभरपुलका लागि एलेक्स च्याम्बरलाइनले ३५औं नेबी काइटाले ४४औं र मोहम्मद सालाहले ५४औ मिनेटमा गोल गरे ।

जितपछि लिभरपुलले अपराजित यात्रालाई १६ खेलसम्म पुर्याएको छ भने ४६ अंक जोड्दै शीर्ष स्थानमा आसिन छ । लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटी माथि ११ अंकको अग्रता बनाएको छ तर लेस्टरले एक खेल कम खेलेको छ।

उता मार्कसु रासफोर्ड र एन्टोनी मार्सियलले पहिलो हाफमा गरेको गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले म्यानचेष्टर सिटी माथि शानदार जित हात पारेको छ । सिटीलाई युनाइटेडले उसैको मैदानमा २-१ ले पराजित गर्दै पाँचौ स्थानमा उक्लेको हो।

रासफोर्डले २३औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए। मार्सियलले २९औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए। सिटीका लागि ८५औं मनटमा निकोलस ओटामेन्डीले एक गोल फर्काए। तर अर्को गोल थप्न नसक्दा घरेलु मैदानमै पराजित भयो।

हारपछि १६ खेलबाट ३२ अकसहित सिटी तेस्रो स्थानमा छ । उता १६ खेलबाट २४ अंक जोडेको युनाइटेड पाँचौ स्थानमा उक्लेको छ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय