Comments Add Comment

स्वस्थ रहन सजग गराउँदै दया र वर्षा

नायक दयाहाङ राइले मानिस स्वस्थ रहन सजग हुनुपर्ने बताएका छन् । उनले, आफूले पनि दैनिक व्यस्तताका कारण स्वस्थ रहन अपनाउनुपर्ने केही सजगतालाई अपनाउन नसकेको उनले स्विकार गरेका छन् । उनले, मानिसलाई स्वास्थ्य रहन के गर्नुपर्छ भन्ने थाहा भएपनि त्यसलाई लागू गर्न नसकेको बताए ।

बजारमा आएको ‘डबल सी’ नामक भिटामिन जुसको ब्रान्ड एम्बासडर रहेका दयाले स्वास्थ्यको बिषयमा बताएका हुन् । दयाले यो प्रोडक्टको बिषयमा सबै कुरा वुझेर मात्र आफूले प्रवद्र्धन गर्ने निर्णय गरेको पनि सुनाए ।

दयासँगै यो ब्रान्डको प्रवद्र्धनमा नायिका वर्षा सिवाकोटीले साथ दिनेछिन् । थाइल्याण्डमा निकै रुचाइएको यो जुस सोमबारबाट नेपाली बजारमा पनि पाइनेछ ।

पछिल्लो समयमा नेपाली कलाकारहरुले विज्ञापन बजारमा आफ्नो उपस्थितीलाई दरिलो बनाइरहेका छन् । चलचित्र क्षेत्रमा नायक दयाहाङ राईको क्रेज राम्रो मानिन्छ । यसैले, पनि उनले पनि विज्ञापन बजारमा राम्रै पकड बनाइरहेका छन् । दया र वर्षाले चलचित्र ‘भैरे’मा एकसाथ काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment