+
+

साग फुटबलको फाइनल पुगेपछि भुटानका प्रधानमन्त्रीले भने : हामीले नयाँ युग देखेका छौं

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १३:३१

२२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलमा भुटान फाइनलमा पुगेकामा त्यहाँका प्रधानमन्त्री लोटे छिरिङले प्रशंसा गरेका छन् । साथै उनले यो अपेक्षा भन्दा माथिको उत्कृष्ट प्रदर्शन भन्दै खेलाडी र प्रशिक्षकलाई धन्यवाद दिएका छन् ।

छिरिङले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एउटा अन्डरडगको रुपमा हाम्रो अपेक्षालाई यसले जितेको छ । हाम्रा खेलाडी सागको फाइनलमा पुगेका छन् । हामीले नयाँ युग देखेका छौं, आशा पुनर्जिवित भएको छ’ उनले लेखेका छन्, ‘हाम्रो खेलाडी, प्रशिक्षक र व्यवस्थापन र हाम्रो टिमलाई समर्थन गर्ने सबैलाई धन्यवाद । फाइनलको लागि पनि मेरो शुभकामना ।’

श्रीलंकालाई हराउनुअघि भुटानले बंगलादेशलाई १-० र माल्दिभ्सलाई २-१ ले पराजित गरेको थियो । घरेलु टोली नेपालसंग भने भुटान ४-० ले पराजित भएको थियो ।

भुटानको फाइनल प्रतिद्वन्द्वन्दीको टुङ्गो आज लाग्नेछ । लिगको अन्तिम खेलमा आज नेपाल र बंगलादेशल भिड्दैछन् । नेपालले बराबरी खेले पनि फाइनल पुग्नेछ भने बंगलादेशलाई फाइनल पुग्न जित आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment