+
+
Shares

जुडोमा देविकाले दिलाइन् स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १६:४९

२२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् ।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् ।

चार देश सहभागी यो इभेन्टमा देविकाले पहिलो खेलमा श्रीलंकाकी हाथुरुसिन्घे गेडारालाई पराजित गरेकी थिइन् । दोस्रो खेलमा भारतकी गायत्री टोकसलाई हराएकी उनले तेस्रोमा बंगलादेशकी तहामिदा जेरिनलाई पराजित गर्दै स्वर्ण पदक जितेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?