Comments Add Comment

तीनवटै तहको समन्वय गर्न कृषि मन्त्रालयले एकीकृत संयन्त्र बनाउने

२२ मंसिर, काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय सरकारको कृषिजन्य गतिविधि चुस्त बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकीकृत संयन्त्र बनाउने भएको छ । संयन्त्रको ढाँचा र कार्यविधिबारे कृषिमन्त्री घनश्याम भुसालले आइतबार सातै प्रदेशका कृषिमन्त्रीसँग छलफल गरेका छन् ।

संघीयता कार्यान्वयनपछि स्थानीय तह, प्रदेश सरकार र केन्द्रबीच कृषिका विषयमा समन्वय नभएको निष्कर्षपछि संयन्त्र गठनबारे छलफल गरेको कषि तथा पशुपन्छि विकासमन्त्री घनश्याम भुसालले बताए ।

‘मन्त्रालय सम्हालेदेखि कृषि अन्तर्गतका सबै निकायले तहगत सूचना र तथ्याङ्क अभाव महसुस गरेको पाएँ,’ मन्त्री भुसालले भने ।

तथ्याङ्क नभएपछि कुन तहले के काम गर्दैछ भन्नेसमेत जानकारी नभएको उनले बताए ।

‘६० वर्षदेखि कृषिको आमुल परिवर्तनका लागि गरेको प्रयास साकार बनाउन कृषिका जटिलता चिर्न जरुरी भएको छ,’ मन्त्री भुसालले भने ।

छलफलमा सातै प्रदेशका कृषि मन्त्रीहरुले संयन्त्र गठनबारे सहमती जनाएका छन् तर संयन्त्रको स्थायी आकार र कार्यविधि भने छलफलकै चरणमा छ । संघियता कार्यन्वयन पछि कृषि तथा पशुपंछि विकास मन्त्रालय अन्र्तगत कयौं संरचनाहरु समायोजन गरिँदा कृषि मन्त्रालयका गतिविधि कमजोर बनेको मन्त्रालयको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment