+
+
Shares

समर्थनका लागि धन्यवाद !

आर्यन धिमाल आर्यन धिमाल
२०७६ मंसिर २२ गते २१:०४

२२ मंसिर, काठमाडौं । जब रेफ्रीले खेल सकिएको संकेत गर्दै सिठ्ठी बजाए, नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष फुटबलको फाइनलमा पुगेकोमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपस्थित नेपाली दर्शकले खुसी मनाए ।

खेलाडी विपक्षी र अफिसियलसँग हात मिलाएर प्लेयर बक्समा पुगिसकेका नेपाली खेलाडीहरू फेरि उनी फेरि मैदानमा प्रवेश गरे । मध्यभागमा पुगेर गोलो घेरा बनाए । र, दर्शकहरुलाई धन्यवाद दिए ।

यसअघि माल्दिभ्सविरुद्ध जित हात पारेपछि भाइकिङ क्लाप गरेर दर्शकहरुलाई धन्यवाद दिएका नेपाली खेलाडीहरुको यो शैली युनिक थियो ।

यो सेलिब्रेसनबारे प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘अहिलेसम्म खेलमा समर्थन गरिदिएकाले सबै दर्शकलाई एकै ठाउँमा उभिएर धन्यवाद व्यक्त गरेको हौं ।’

नेपालले करिव ५ वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल खेल्न पाएको थियो र सागका हरेक खेलमा घरेलु दर्शकको उल्लेख्य उपस्थिति रहेको छ ।

खेलका क्रममा साधारण र भीआईपी प्यारापिटमा रहेका दर्शक खेलाडीको हौसला बढाउन मेक्सिकन वेभ शैलीमा समर्थन गरिरहन्थे । कहिले रातो र चन्द्र सूर्य गीत गाउँथे । खेल अवधीभर नै खेलाडीलाई दर्शकले समर्थन गरिरहे । खेल सकिएपछि खेलाडीहरुले त्यही समर्थनका लागि धन्यवाद दिएका हुन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?