Comments Add Comment

खतरनाक हुनसक्छ कसिलो  लुगा

प्रसँग हालसालैको हो । ३० वर्षीय प्रदीप कसिलो  जिन्स पाइन्ट र टिसर्ट लगाएर आफ्ना साथीहरुसँग आफ्नो नयाँ कारमा घुम्न निस्किए । करिब चार-पाँच घण्टाको यात्रा पछि उनलाई आफ्नो खुट्टा निदाएको महसुस हुन थाल्यो । तर, साथीहरु सँगै भएका कारण उनले त्यसलाई बेवास्ता गरे । तीन दिनपछि घुमेर घर र्फकँदा उनलाई सास फेर्न समेत गाह्रो भयो । अस्पताल पुगेपछि उनलाई हृदयघात भएको थाहा भयो । चिकित्सकहरुले पल्मोनरी इम्बोल्मिङ भएको पुष्टि गरे ।

पल्मोनरी इम्बोल्मिङ भनेको के हो ?

पल्मोनरी इम्बोल्मिङ (पीई) भने एउटा त्यस्तो स्थिति हो । जसमा कसिलो  लुगा अथवा लामो समयसम्म एउटै स्थानमा बसिरहनाले शरीरमा रक्तसञ्चार हुन पाउँदैन र शरीरको कुनै भागमा रगतको धब्बा नै जम्न थाल्छ । त्यस्तो हुँदा मानिसलाई मुटु अथवा दिमागको अट्याक आउन थाल्छ । जब फोक्सोमा रक्तसञ्चार रोकिन्छ । त्यो बेला बिरामीको मृत्यु पनि हुनसक्छ ।

प्रायः मानिसहरुलाई कसिलो  लुगा लगाउन मनपर्छ । कसिलो  लुगाले आफूलाई स्मार्ट देखिन्छ भन्ने उनीहरुको सोचाई हुन्छ भन्ने चिकित्सकहरुको भनाइ रहेको छ । वास्तवमा त्यो कुरा गलत हो । त्यस्तो गर्नु भनेको तपाईंहरुको स्वास्थ्यलाई अति हानिकारक प्रमाणित गर्नु हो । यो कुुरा विभिन्न सर्वेक्षणहरुले पनि पुष्टि गरिसकेको छ ।

कसरी हुन्छ हानि ?

कसिलो  जिन्सले न केवल तपाईंका संवेदनशील अंगहरुलाई हानि पुर्‍याउँछ । यसले समग्र स्वास्थलाई नै बिगार्न सक्छ ।

-कसिलो  जिन्स लगाउनाले महिलाहरुले कम्मरसँग सम्बन्धित समस्याहरुको सामना गर्नु पर्ने हुनसक्छ । अति नै कसिलो  जिन्स दिनभरी लगाउनाले कम्मरको दुखाईका साथ-साथै स्लिप डिस्क हुने आशंका पनि बढ्नसक्छ ।

-पुरुषहरुको स्वास्थका लागि पनि कसिलो  जिन्स लगाउनु निकै हानिकारक हुनसक्छ । वास्तवमा, यसले अण्डकोषसम्म हुने रक्त सञ्चारलाई रोक्नुका साथै अण्डकोषमा विकृति समेत फैलिन सक्छ । जिन्स लगाउनाले रक्त सञ्चारको स्वभाविक प्रकृयामै बाधा हुन पुग्छ ।

-कसिलो  जिन्स लगाउनाले भेरिकोज भेन बिमारी, खासगरी खुट्टा तथा पैतालाको नशाहरुमा समस्या देखिने सम्भावना हुन्छ । यसबाहेक कसिलो  जिन्सका कारण खुट्टामा ऐंठन हुने सम्भावना समेत बढ्छ ।

-के पनि विश्वास गरिन्छ भने कसिलो  जिन्स लगाउनाले गर्भाशय नै संकुचन हुन सक्छ अथवा बाँझोपनको खतरा समेत बढ्न सक्छ । साथै कसिलो  भएका कारण पेटमा निकै भार पर्छ । जुन अगाडि गएर समस्या पैदा गर्न सक्ने खालको हुन्छ ।

-निकै ज्यादा कसिलो  कपडा लगाउनाले तपाईंलाई उठ्न-बस्न नै समस्या पर्न सक्छ । यसका साथै तपाईंको शरीरको सेप नै बिग्रन सक्छ । तपाईंको खुट्टाको नशा दबिन सक्छ । जसबाट तपाईंको शरीरमा झन्झनाहट, शून्य झैं अनुभव हुने अथवा दुख्न थाल्ने पनि हुन सक्छ ।

-लामो समयसम्म कसिलो  कपडा लगाउनाले स्वास फेर्न समेत अफ्ट्यारो पर्न सक्छ । यसबाट शरीरमा अक्सिजनको प्रवाहमा समेत दबाब पर्न सक्छ । जसका कारण डर अथवा बेचैनी हुनुका साथै बेहोस हुने स्थिति समेत पैदा हुनसक्छ । यसबाहेक ज्यादा कसिलो  कपडा लगाउनाले रगतको प्रवाहमा समेत रुकावट आउन सक्छ ।

-अत्यधिक कसिलो  जिन्स अथवा स्कर्ट लगाउनाले तपाईंको पेटमा समेत समस्या हुन सक्छ । अत्यधिक कसिलो  कपडा लगाउनाले तपाईंको पेटको फूड पाइप दबिन्छ । जसले तपाईंको फूड पाइपमा एसिड बन्न थाल्छ । यदि तपाईंलाई पनि अत्यधिक कसिलो  कपडा लगाउने सौख छ भने आजै सावधान हुनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment